आर्यन–साम्राज्ञी जोडी हेर्न आतुर दर्शक

आर्टिष्ट खबर/ साउन, काठमाडौं ।

यहि साउन १८ गतेबाट नायक आर्यन सिग्देल र नायिका साम्राज्ञी राज्य लक्ष्मी शाह अभिनित चलचित्र ‘कायरा’ प्रदर्शनमा आउँदैछ । नेपाली चलचित्रक्षेत्रमा पछिल्लो समय निकै रुचाइएकी नायिका हुन् साम्राज्ञी । यस्तै दर्शकले निकै रुचाएका नायकमा आर्यन पनि पर्छन्, यसअर्थमा पनि दर्शकले यो जोडीको चलचित्र हेर्न आतुर भएको लेखेका छन् । चलचित्रको सार्वजनिक गीतको भिडियोहरुमा अधिकांश दर्शकले यो जोडीलाई लिएर प्रतिक्रिया लेखिरहेका छन् ।

यस्तै बिहिबार सार्वजनिक गरिउको ‘यो त माया हो…’ बोलको गीतको भिडियोमा आर्यन र साम्राज्ञीको जोडी गज्जब देखिएको छ । गीतमा गायक सुगम पोखरेल र गायिका श्रेया सोताङ्गको स्वर छ भने नरेश भट्टराईको शब्द रहेको गीतमा कल्याण सिंहको संगीत छ ।

‘यो जोडीको फिल्म हेर्न निकै आतुर छु, कहिले हेर्न पाइएला’, प्रेम गीतिका नाम गरेका एकदर्शकले भिडियोमा प्रतिक्रिया दिएका छन् । यस्तै रञ्जित राई नाम गरेका एकजनाले यो चलचित्रबाट नेपाली चलचित्रक्षेत्रकै उत्कृष्ट जोडीको रुपमा आर्यन र साम्राज्ञी बन्ने पनि लेखेका छन् । भिडियोमा अधिकांश प्रतिक्रियाहरु नायक आर्यनका पक्षमा छन् । कतिले आर्यनको ‘कमब्याक’ भनेका छन् भने कतिले साम्राज्ञी जोडीएकै कारण आर्यनको चलचित्रयात्रामा फेरी खुसीको यात्रा शुरु भएको बताएका छन् । सार्वजनिक भएको उक्त भिडियो नेपाल र फिलिपिन्समा खिचिएको हो । यो गीतका लागी पहिले एकपटक भिडियो सुट भइसकेको थियो तर हार्डडिक्सबाट फुटेज उडेपछि पुनः सुटिङ गरिएको हो ।

लक्ष्मण रिजाल निर्देशीत यो चलचित्र आर्यनको होम प्रोडक्सनमा निर्माण गरिएको हो । चलचित्रमा आर्यनले नै कथा लेखेका हुन् । चलचित्रमा शिशिर राणा, हितेश शर्मा, मरिषा श्रेष्ठलगायतका कलाकारहरु पनि अभिनय छ । कोशिश क्षेत्री, अर्जुन पोखरेल र कल्याण सिंहको संगीत रहेको ‘कायरा’ का गीतमा प्रविण सिंहले कोरियोग्राफी गरेका छन् । चलचित्रका छायांकार शिवराम श्रेष्ठ हुन् । राजकुमार भट्ट कार्यकारी निर्माता रहेको ‘कायरा’ मा दिनेश थापा र दिवस पराजुली सह–निर्मातामा छन् । यो चलचित्रमा बनिष शाह र मिलन श्रेष्ठले सम्पादनको जिम्मेवारी सम्हालेका छन् भने निर्मातामा निर्देशक रिजाल नै छन् ।

तस्बिरः निरज पन्थि