दक्षिण भारतका सुपरस्टार महेश बाबू मुख्यमन्त्रि बन्दै

मुम्बई/ एजेन्सी

दक्षिण भारतीय चलचित्रका सुपरस्टार महेश बाबूको तेलुगु चलचित्र ‘भरत अने नेनु’ले विश्वभर सानदार कलेक्सन गर्दै चर्चा बटुलेसँगै अब यसको दोस्रो सिक्वेल निर्माण हुने भएको छ । कोर्टाला शिवको निर्देशनमा बनेको यो चलचित्र एक राजनीतिक थ्रिलर रहेको थियो जसले संसारभरिबाट करीब २ सय करोडको कलेक्सन गरिसकेको छ ।

चलचित्र महेश बाबूले भारत रामको भूमिका निभाएका थिए । चलचित्रमा उनि एक एनआरआई को रोलमा देखिएका थिए जो आन्ध्र प्रदेशमा फर्किएर मुख्यमन्त्री बन्दछन् । चलचिले भारतीय राजनीतिमा फैलिएको भष्ट्रचारलाई उजागर गरेको थियो । अब यस चलचित्रको सिक्वेल बनाउन युद्ध स्तरमा काम सुरु गरिएको छ । स्क्रिप्ट तयार भएसँगै चलचिको घोषणा गरेर फ्लोरमा जाने तयारी चलिरहेको छ । ‘भरत अने नेनु’ को एक जादुु्ुु संग सम्बन्धित किताब पनि बजारमा ल्याउने तयारी रहेको छ, जसको लेखनको काम सुरु भइसकेको छ ।

निर्देशक कोर्टाला शिवले सिक्वेलमा चलचित्रको कथा भने फरक हुन सक्ने हुने बताएका छन । करीब ७५ करोडको लागतमा बनेको यस चलचित्र युवा मुख्यमन्त्रीको कहानी रहेको थियो , जो पिताको निधन पश्चात् उनको मुख्यमन्त्रिको कुर्सी सम्हाल्न पुग्छन ।  २० अप्रिलमा प्रर्दशनमा भएको यो फिल्ममा महेश बाबू र कियारा आडवाणीको मुख्य भुमिका रहेको थियो । चलचित्रले दश दश दिनभित्रैभारतीय बक्सअफिसबाट १३० करोडको कलेक्सन गरेको थियो र ओभरसीजबाट ३० करोडको व्यापार गर्न सफल रहेको थियो । ‘भरत अने नेनु’ को हिन्दीसहित अरु भारतीय भाषाहरुमा पनि रेकडै गर्ने योजना रहेको छ ।