आर्टिष्ट खबर, साउन, काठमाडौं ।

चलचित्र ‘झमक बहादुर’को ‘मृग नयनी’ बोलको रोमान्टिक गीत सार्वजनिक भएको छ । मेलिना राई र ओम सुनारको स्वर रहेको गीतको शब्द तीर्थ दामलीले लेखेका हुन् । उक्त गीतको भिडियोमा मिन कुमार तामाङ र सुजाता थापाको रोमान्स देख्न सकिन्छ । चितवन, पोखरा, काठमाण्डौका रमणीय स्थानहरुमा छायांकन गरिएको भिडियो कोरियोग्राफी जीवन थापाले गरेका छन् ।

राजु कमेडी, अनुप विक्रम शाही, यादब देपकोटा (सरापे), मिन कुमार तामाङ, कल्याण अधिकारी, सुजाता थापालगायतका कलाकारहरुको अभिनय रहेको ‘झमक बहादुर’ भोमन कटुवालले निर्देशन गरेका हुन् । लुटपाट ,अपहरण र सुन तस्करीलाई मुख्य बिषय बनाइएको चलचित्रमा ओम सुनारको संगीत छ । चलचित्र निर्मातामा मिनकुमार तामाङ रहेका छन् भने सह निर्मातामा कोपिला कुमारी डल्लाकोटी रहेकी छिन् । राजु किरात राईको द्वन्द्व रहेको चलचित्र पवन गौतम खिचेका हुन् ।

चलचित्रको प्रदर्शन मिति साउन १८ गतेलाई तोकिएको छ ।

(भिडियो)

११ श्रावण २०७५, शुक्रबार १४:३३