<pre style="font-size: 14px; padding: 10px; margin-bottom: 10.5px; line-height: 1.42857; border-radius: 0px;"><b>मुम्बई/ एजेन्सी</b></pre><p style="text-align: justify; ">बलिउड अभिनेता रणवीर कपुरले चलचित्र संजय दत्तको बायोपिक सन्जुुबाट निकै राम्रो सफलता हासिल गरे । उनको अभिनयलाई सबैले तारिफ गरेका छन् । रणवीरले चलचित्र सन्जुुबाट सफलता बटुबल्दै बिज्ञापनमा लिने रकम दोब्बरले बढाएका छन्। सन्जुुबाट सफलता पाएपछि उनले तिब्र रुपमा पारिश्रमिक बढाएका हुन्।</p><p style="text-align: justify; ">भारतीय संचारमाध्यमका अनुसार उनले प्रतिविज्ञापन ३ देखि ३.५ करोड भारू लिदैं आएकोमा त्यसलाई बढाएर ६ करोड पुर्याएका छन्। रणवीर अहिले पानासोनिक, एसियन पेन्टस, पेप्सी, रेनल्ट, फ्लिपकार्ट, माक्रोम्यान, साभव तथा हिरोकर्प जस्ता ब्रान्डसँग जोडिएका छन्।</p><p style="text-align: justify; "><br></p>







१२ श्रावण २०७५, शनिबार ०४:२२ 








