प्रियंका ‘भारत’ बाट पन्छिएपछि सलमान रिसाए, प्रियंकाको ठाउँ अब कट्रिनाले ओगट्ने

मुम्बई/ एजेन्सी

बलिउड अभिनेत्री प्रियंका चोपडा चलचित्र ‘भारत’ बाट पन्छिएको कुरा बलिउडमा निकै चर्चाको बिषय बनेको छ ।  यती ठूलो प्रोजेक्टबाट उनी पन्छिएकाले यो बिषयले चर्चा पाएको हो । अमेरिकी गायक निक जोनससँग इन्गेजमेन्ट गरेर चर्चामा रहेकी अभिनेत्री प्रियंका चोपडाले चलचित्र  ‘भारत’ छोडेपछि बलिउड स्टार सलमान खानले आक्रोश पोखेका छन्। बताइए अनुसार  प्रियंकाले धोका दिएको भन्दै सलमान अब उनीसँग काम नगर्ने निष्कर्षमा पुगेको चर्चा छ । चलचित्रको छायांकन गरेको गरेको दुई दिनमै प्रियंकाले चलचित्रबाट हात झिकेपछि सलमान निकै आवेशमा आएका हुन् ।

चलचित्र ‘भारत’ सलमानले निर्देशक अलि अब्बास जाफरसँग मिलेर निर्माण गर्न लागेका हुन् । यसै बीच सलमान प्रियंकाले बीचमै काम छोडेपछि नयाँ हिरोइनको खोजीमा लागिपरेका छन् । सलमानले  प्रियंकाको ठाउँमा कट्रिना कैफलाई ल्याउने बताएका छन् ।