सबैको प्रेम प्रस्ताव एसेप्ट गर्छिन् मोडल तथा गायिका सिर्जु अधिकारी

...

sirju adhikariअसोज, काठमाडौं । सांगितिक क्षेत्रमा आठ बर्ष पुरा गरीसकेकी मोडल तथा गायिका सिर्जु अधिकारी यतिखेरकी व्यस्त मोडल तथा गायिकाको रुपमा परिचित छिन् । दाङको तुलसीपुर नगरपालीका वडा नं. ४ मा जन्मिएकी सिर्जु मोडलिङ र गायन क्षेत्र दुबै बाट परिचित छिन् । उनले आफु तिजको गितबाट सांगितिक क्षेत्रमा प्रवेश गरेको बताउँछिन् । अहिलेसम्म डेढ दर्जन गित मा स्वर र दुई दर्जनमा मोडलिङ गरीसकेकी सिर्जुले आफुलाई दर्शक तथा स्रोताले गायन क्षेत्रबाट भन्दा मोडलिङ बाटै धेरैले चीनेकाे बताउँछिन् । उनले गाएका गित धेरै जसो बजारमा चर्चामा आएका पनि छन् । गएको बर्षको तिजको गित गाउँले जीवन वेशले दर्शकमाझ चिन्ने अझ थप बाटो कोरिदियो । उनले गाएका गित धेरै जसो आफ्नो स्वर सँगै आफैले भिडियोमा अभिनय गरेकी पनि हुन्छिन् । हेर्दा नेपाली नायिका भन्दा कम देखिन्नीन मोडल सिर्जु । अहिलेसम्म एक्लो जीवन बिताउँदै आएकी सिर्जुलाई हामीले बिवाह कहिले गर्नुहुन्छ भन्ने प्रश्नमा जहिले जुर्छ तहिले भन्दै हासिँन् । साथै उनले आफुलाई आउने प्रेम प्रस्ताव कसैको पनि रिजेक्ट नगरेको बताइन् ।

यसैबिच मोडल तथा गायिका सिर्जु अधिकारीको आर्टिस्ट खबरसँगको बाँकी कुराकानी तल पढौं ।
सांगितिक क्षेत्रमा भएका लाई हाम्रो पहिलो प्रश्न, तपाईको बिचारमा संगितको परिभाषा के हो ?
संगित सुर ताल सँगै, शब्दको संगम हो । जसमा केहि भाव हुन्छ । मनले त्यसको भाव बुझोस् ।

तपाईलाई गायिका भन्ने कि मोडल ? shirju adhkari model and singer
अब दर्शकको मनमा म कसरी बसेकी छु त्यो त दर्शकहरुलाई नै थाहा होला । कतिले मोडलको रुपमा चिन्नुहुन्छ कतिले गायिकाको रुपमा चिन्नुहुन्छ । त्यस्तै कतिले गायिका तथा मोडल भनेर चिन्नुहुन्छ । गायिका तथा मोडल जे भन्दा नि फरक पर्दैन ।

सांगितिक क्षेत्रमै पाइला टेक्दा उभिन सफल बनाउने पहिलो गित कुन हो ?
चार बर्ष अगाडि गाएको मेरो पहिलो तिजको गित ‘ए बुढा ए बुढी’ भन्ने हो जुन गितलाई दर्शक तथा स्रोताले मन पराईदिनुभएको थियो र आज सम्म दर्शक तथा स्रोताकै मायाले यहाँ सम्म आएकी छु ।

पहिलो मोडलिङ गरेको तिज ?
शुरुमा मोडलिङमा शुरुवातको गित भनेको रामचन्द्र काफ्लेको स्वरमा रहेको रमेश राज भट्टराईको अपेक्षा एल्बममा रहेको ‘ए कान्छि नानी हावा चल्यो सरर…’ हो ।

यो क्षेत्रमा लागि सकेपछि बिर्सनै नसक्ने एक क्षण भन्दिनुस न ?
शुरुवातमा मलाई यो क्षेत्र बाटै हात झिक्छु भन्ने लागेको थियो । एक पटक मैले गित गाउँदा आफैलाई साह्रै नराम्रो लाग्यो अनि मैले सक्ने रहिनछु भन्ने लागेको थियो तर मेरो गुरुहरुले धेरै सम्झाउनु भयो र अझै सिक्यो भने एक दिन राम्रो गायिका बन्नेछौं बन्नु भएको थियो । त्यो बेला लाई बिर्सनै सक्दिन । जसले गर्दा आज यहाँ सम्म छु ।

गायन भन्दा मोडलिङ बढि देखिन्छ, प्रेम प्रस्ताव कत्तिको आउँछन् ?
यो क्षेत्रमा लागेपछि प्रेम प्रस्ताव आउँदैन भनेर झुट बोल्नु बेकार हो । प्रेम प्रस्ताव त धेरै आउँछन् । आउने जति सबैको प्रेम प्रस्तावलाई एसेप्ट गर्छु तर मलाई लाग्छ सबैले दर्शक तथा स्रोताको मायाको प्रस्ताव गर्नुभएको हो त्यो मैले कहिल्यै नकार्न सक्दिन सधैं स्विकारी रहनेछु । तर कोहि कोहि जो जीवन साथी नै बनाउँन चाहानु हुन्छ उहाँहरुको लागि धन्यवाद मात्र भन्ने गरेकी छु ।

विवाह गर्ने बेला पनि त भयो होलानी, केहिले गर्नु हुन्छ त ?
विवाह भन्ने चिजमा आत्तिनु हुँदैन । अब यति गते नै गर्छु भन्न त सक्दिन तर पनि जहिले जुर्छ तैले नै गर्छु होला । किनकी यो बिषयमा अहिले सोचेकी छैन ।

विवाह गर्दा लभ गरेर विवाह गर्ने सोंचमा कि मागि विवाह गर्ने सोंचमा हुनुहुन्छ त?
लभ गरेर विवाह गर्छु भन्न त अहिले सम्म परेको छैन (हाँस्दै…) तर मलाई त मन पर्ने एरेन्ज नै हो । सायद त्यहि हुन्छ होला ।

एउटा फिल्ममा अभिनय पनि गरीसक्नु भएको रहेछ अरुमा खेल्नुभएको छैन ?
हजुर…. राज फिल्मबाट डेब्यु गरेकी हुँ जसमा बिराज भट्टको बहिनी बनेकी थिएँ । अफर त आउँछन् तर पनि अहिले म पढाई र सिकाईमै व्यस्त छु त्यसैले पनि अफर रिजेक्ट गर्नुपरेको छ । फिल्म क्षेत्र भन्दा पनि गित संगित मै धेरै मन पर्ने भएकोले मन धेरै यतै तिर जान्छ ।

यदि तपाईलाई कुनै एक नायक सँग मोडलिङ गर्ने अफर आएमा कसलाई रोज्नुहुन्छ ?
रोज्नै पर्यो भने त नायक आर्यन सिग्देललाई रोज्छु ।