बाँसुरी र सहनाईमा गुन्जिए धनबहादुर

आर्टिष्ट खबर/ साउन, काठमाडौं ।

बाँसुरी एवं सहनाईवादक धनबहादुर गुरुङले एकल प्रस्तुती दिएका छन् । राष्ट्रिय नाँचघर जमलमा गुरुङले शास्त्रीय संगीतका धूनहरुमा आफ्नो प्रस्तुति दिएका हुन् । करिब ३ घन्टा लामो कार्यक्रमलाई सांस्कृतिक संस्थानले आयोजना गरेको थियो । प्रत्येक महिनाको दोस्रो विहिबार आयोजना हुँदै आएको वाद्यबन्दना कार्यक्रममा गुरुङले आफ्नो प्रस्तुति दिएका हुन् ।

कार्यक्रममा बाँसुरी एवं सहनाइवादक धनबहादुर गुरुङलाई तमु कलाकार संघले हजारको नोटबाट बनाईको माला र गुरुङको पहिचान फेटा र घलेक लगाएर सम्मानसहित गरेको थियो । संघका अध्यक्ष राजु गुरुङसहितको कार्यसमितिको टोलीले उनलाई सम्मान गरेको थियो । कार्यक्रममा धनबहादुरले आफ्ना विद्यार्थीहरुको साथमा समेत प्रस्तुति दिएका थिए भने गुरुङ कलाकारको कौडाधूनलाई खैंचडी र बाँसुरीमा प्रस्तुत गर्दै कार्यक्रम समापन गरेका थिए ।