ट्रेलरमा ‘जय शम्भु’ , बर्षालाई पाउन अनुप र प्रशान्तको यस्तो भिडन्त (हेर्नुहोस् ट्रेलर)

आर्टिष्ट खबर/ साउन, काठमाडौं ।

चलचित्र  ‘जय शम्भु’ को ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलरमा अनुप र प्रशान्तको अभिनेत्री बर्षाकोलागी घमासन द्धन्द्ध देख्न सकिन्छ ।  एक्सन र लभस्टोरी फ्लेवरमा निर्माण गरिएको चलचित्र  रुपेश तामाङले निर्देशन गरेका हुन् । करिब २ करोडको लागनीमा निर्माण गरिएको यस चलचित्रका कार्यकारी निर्माता राजकुमार नगरकोटी र चक्र पाख्रिन हुन भने निर्माता अरविन्द्र शाक्य हुन् ।

शिक्षा काफ्लेको कथा रहेको चलचित्रका प्रस्तुतकर्ता दिनेश शाही हुन् । चलचित्र छायांकनमा हरि घलेको हात रहेको छ भने श्री श्रेष्ठको एक्सन रहेको छ । चलचित्रमा वनिश शाहको सम्पादन ,टंक बुढाथोकीको संगीत र रामजी लामिछानेको नृत्य रहेको छ ।

ट्रेलरमा प्रशान्त ,अनुप र बर्षा शिवाकोटी पनि फिचरिङ छिन् । त्यसतै चलचित्रमा यी तिनको अलवा रोशन महर्जन, करुणा पाण्डे, अनुपम श्रेष्ठ, बसन्त भट्ट, कालु राना लगायतका कलाकारहरुको पनि अभिनय छ । चलचित्र सह निर्मातामा शिक्षा र कुशल शर्मा छन् । चलचित्र ऐश्वर्य पछि प्रशान्तको जय शम्भु दोश्रो चलचित्र हो । चलचित्रको प्रदर्शन मिती भाद्र १ गतेलाई तोकिएको छ ।

(हेर्नुहोस् ट्रेलर)