आर्टिष्ट खबर/ साउन, काठमाडौं ।

नेपालको हिट चलचित्रको दर्जामा पर्न सफल ब्राण्ड ‘छक्का पन्जा’को तेश्रो सिरिजको लोकलयको गीत सार्वजनिक गरिएको छ । ‘पहिलो नम्बरमा’ बोलको सार्वजनिक गीतमा डेभिड शंकर र विन्दु परियारको स्वर रहेको छ । गीतमा दीपक शर्माको संगीत र राजेन्द्र थापाको शब्द छन् ।

गीतको भिडियोमा चलचित्रका मुख्य कलाकारहरु अटाएका छन् । भिडियोका लागी निकै खर्च र दुख गरेको देखिन्छ । भिडियोमा कविराज गहतराजको कोरियोग्राफी रहेको छ । भिडियोमा दिपकराज गिरी, दीपिका प्रसाईं, दिपाश्री निरौला, प्रियंका कार्की, जितु नेपाल, केदार घिमिरे, बर्षा राउत, बुद्धि तामाङ, स्वस्तिमा खड्का, सुमन गिरी (भान्जा) र संजोग कोइरालाले नृत्य गरेका छन् । गीतलाई पुरुषोत्तम प्रधान र मानकृष्ण श्रेष्ठले संयूक्त रुपमा खिचेका हुन् ।

चलचित्रमा यसपटक नायिका बर्षा राउत गीतमा मात्र देखिएकी छिन् । चलचित्रमा दीपकराजको जोडी अभिनेत्री दीपिका प्रसाईँसँग बाँधिएको छ । नायिका प्रियंका कार्कीको पनि चलचित्रमा विशेष भूमिका छिन् । अभिनेत्री स्वस्तिमा खड्का र अभिनेता संजोग कोइराला गेस्ट रोलमा छन् । चलचित्र आउँदो दशैंमा प्रदर्शन हुने तयारीमा छ ।

video:

१४ श्रावण २०७५, सोमबार १०:०२