मुम्बई/ एजेन्सी

अभिनेत्री बिद्या बालन साउथ इन्डियन चलचित्रमा डेब्यू गर्दैछिन् । एनटीआरको बायोपिकबाट उनले साउथमा डेब्यू गर्न लागेकी हुन् । उनले चलचित्रको छायांकनको काम पनि सुरु गरिसकेकी छिन् । यस चलचित्रमा विद्या एनटी रामा रावको श्रीमतीको भूमिका निभाइरहेकी छिन् । खबरहरुका अनुसार बिद्याले यस चलचित्रका लागि १.५ करोड रुपैयाँ पारिश्रमिक लिएकी छिन् ।

चलचित्र एनटी आरको जीवन कहानीमा आधारित छ । एनटीआरको पूरा नाम नन्दमुरी तारका रामा राव हो । उनीे एनटीआर नामले चिनिन्छन् । एनटीआर साउथ चलचिका अभिनेता, निर्देशक, सम्पादक र राजनेता हुन् । उनी ७ वर्षसम्म भारतको आन्ध्र प्रदेशको मुख्य मन्त्री पनि भएका थिए ।

यस बायोपिकमा एनटीआरको भूमिका नन्दमुरी बालाकृष्णले निभाइरहेका छन् भने राणा दग्गुबाती पनि विशेष भूमिकामा देखिनेछन् । पछिल्लो समय बिद्या बालन मुख्य अभिनेत्रीको रुपमा चलचित्र ‘तुम्हारी सुलु’ मार्फत दर्शकमाझ आएकी थिइन् । सुरेश त्रीवेणीको निर्देशनमा बनेको यो चलचित्र बक्स अफिसमा निकै सफल भएको थियो । यस चलचिबाट अभिनेत्री बिद्या वालनले उत्कृष्ट अभिनेत्रीको फिल्म फेयर अवार्डबाट सम्मानित भएकी थिइन् ।

१४ श्रावण २०७५, सोमबार १२:३४