श्रीदेवीकी कान्छी छोरी खुशी कपूर पनि बलिउड डेब्यूको तयारी गर्दै

मुम्बई/ एजेन्सी

बलिउडकी स्वर्गय अभिनेत्री श्रीदेवीकी जेठी छोरी जान्हवी कपूरको डेब्यु चलचित्र ‘धडक’ले बक्स अफिसमा राम्रो ब्यापार गर्यो । शशांक खेतान निर्देशित चलचित्र ‘धडक’ले प्रदर्शनको ८ दिन नपुग्दै ५० करोड भन्दा बढीको व्यापार गर्दै सन् २०१८ मा सर्वाधिक व्यापार गर्ने चलचित्रहरु मध्यको एक बन्न सफल भइसकेको छ । यस चलचित्रका  निर्माता करण जोहर हुन् । जान्हवी कपूर पहिलो चलचित्रबाटै अभिनयका बलले आफ्नो छुट्टै पहिचान बनाउन सफल भएकी छिन्  ।

पहिलो चलचित्रबाटै सफलताको स्वाद चाखेकी जान्हवी कपूर अब उनकी बहिनी खुशी कपूरलाई पनि बलिउडमा ल्याउन प्रयासमा छिन् । जान्हवी र खुशी कपूरले सामाजिक सञ्जालमा केही तस्बिर पोष्ट गरेका छन् । सार्वजनिक भएका तस्बिरमा जान्हवी उनकी बहिनीलाई जीममा तालिम गराई रहेकी  छिन्  ।

फोटोमा जान्हवी बहिनी खुशीलाई कसरत गराएर फिट बनाउदै गरेकी देखिन्छिन् । पछिल्लो केही दिन यता श्रीदेवीकी कान्छी छोरी खुशी कपूर पनि अब छिट्टै बलिउड डेब्यूको तयारी गरिरहेको खबर भारतिय मिडियाले प्रकाशित गरिरहेका छन्। खबरहरुका अनुसार खुशी कपूरलाई मोडलिङ अफरहरु पनि आइरहेका छन् ।

तर उनले कुनै पनि अफरहरु स्वीकारेकी छैनन् । खुशीले मोडलिङ स्वीकार नगर्नुको कारण बलिउड नै रहेको छ । खुशी कपूर मोडलिङमा आफ्नो करियर बनाउन चाहान्थिन्  तर अब भने उनको मन बदलिएको छ । खुशी अब मोडलिङ नभइ बलिउडमा आफ्नो करियर बनाउन चाहन्छिन् । तर खुशी कपूरले कुन निर्देशकका साथमा कहिले बलिउड डेब्यू गर्दैछिन भन्ने कुरा भने अहिले टुंगो लागिसकेको छैन ।