आर्टिष्ट खबर/ साउन, काठमाडौं ।

राजु गिरी निदेर्शीत नयाँ चलचित्र 'निर्जला'को 'भाले मोटर' बोलको गीत सार्वजनिक गरिएको छ । मंगलबार राजधानीको 'क्युज' सिनेमा हलमा एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको गीतको भिडियोको बारे धेरैबेर चर्चा चल्यो । गीतको अडियो राम्रो भएता पनि भिडियोको मेकिंगमा निकै कन्जुस्याई गरेको प्रष्ट देखिन्छ । यो बिषयमा गीतको कोरियोग्राफर क्रान्ति केसीले पनि भिडियो आफैलाई मन नपरेको बताउँन् । यस्तै चलचित्रका निर्देशक राजु गिरीले पनि किन भिडियो राम्रो बन्न सकेन भन्ने प्रश्नमा यो 'ओर्जिनल' फाइल होइन भनेर झुट बोल्नु पर्यो ।

डान्सिंग गीत भाले मोटरमा चलचित्रका नायक किशोर खतिवडा र नायिका सुभेच्छा थापाले नृत्य गरेका छन् । उनीहरुका अलवा केहि कोरस राखिएको छ । कोरियोग्राफर केसीले गीतको छायांकनको समयमा चलचित्रको प्रोष्ट प्रोडक्सनको कामपनि सँगै भइरहेकाले धेरै समय दिन नपाएको बताउँछन् । यस्तै आफूले चाहेअनुसार कोरस राख्न नपाएको उनको गुनासो थियो । 'मै आँफूलाई यो भिडियो मन परेको छैन, भिडियोका लागी पर्याप्त समय थिएन, फेरी कोरस पनि धेरै राख्न पाइएन' केसीले भने । क्रान्तिले कोरियोग्राफि गरेका थुप्रै गीत हिट छन् तर उनलाई यसरी भिडियो नै नराम्रो भन्ने प्रतिक्रिया निकै कम आउँछन् ।

झुट बोले निर्देशकले

कार्यक्रममा चलचित्रका निर्देशक राजु गिरीले सञ्चारकर्मिहरुको प्रश्नको उत्तर दिनका लागी झुट बोल्नु पर्यो । गीतको अडियो अनुसारको भिडियो किन भएन भन्ने प्रश्नमा गिरी भन्छन्, 'अब तपाईहरुले नराम्रो भन्नु भयो, अब सुधाछौं, ओर्जिनल फाइन हेर्नुभयो भने तपाईहरुलाई त्यस्तो लाग्दैन' उनले भने । पुनः के यो 'रः' फाइल हो भन्ने प्रश्नमा उनले उत्तर भने दिएनन् । उक्त फाइनल ओर्जिनल नै भनेर हलमा प्रिमियर गरिएको थियो । निर्देशक गिरीले भिडियो भने रेड क्यामेराले नै खिचेको दाबि गरे ।

अतिथिलाई साह्रै मन पर्यो

कार्यक्रममा उपस्थित अतिथिहरुले भने गीतको भिडियो निकै मन परेको प्रतिक्रिया थिए । चलचित्र कलाकार संघका अध्यक्ष रामकेशर बोगटीले नेपाली चलचित्रक्षेत्रमा रेकर्ड नै कायम गर्ने सक्ने गीत बनेको भन्दै तारिफ गरे । उनले बजार खाने गीत भनेका थिए । 'गीत निकै राम्रो लाग्यो, यो गीतले बजार खान्छ, चलचित्रक्षेत्रमा छुट्टै रेकर्ड बनाउँनेछ', बोगटीले भने । यस्तै अर्का अतिथि चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले पनि गीत राम्रो बनेको प्रतिक्रिया दिएका थिए ।

प्रकाश चन्द्र न्यौपाने प्रस्तुतकर्ता रहेको यो चलचित्र नायिका शुभेच्छाले नै लेखेकी हुन् । रबि कोइरालाले खिचेको चलचित्र तारा थापाले सम्पादन गरेका हुन् । चलचित्रमा दिनेश सुवेदी, बाबुल गिरी र राम रुवालीको गीत, बाबुल गिरीको संगीत छ । चलचित्र आउँदो असोज १९ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ ।

Event Video: