‘मेरी मामु’सँग थाइल्याण्ड घुम्ने अवसर, लेख्नुहोस् आमाबारे बाक्यांश

आर्टिष्ट खबर/ साउन, काठमाडौं ।

आसुसेन फिल्मस्ले निर्माण गरेको नयाँ चलचित्र ‘मेरी मामु’ले प्रचारप्रसारको नयाँ शैली अपनाएको छ । टिमले ‘आफ्नो मामुसँग थाइल्याण्ड टुर जाऔँ’ शिर्षकमा एउटा प्रतियोगिता शुरु गरेको छ ।  आफ्नो आमासँग थाइल्याण्डसम्मको यात्रामा विभिन्न किसिमको अनुभव संगाल्नसँँगै सामिप्यता बढाउन प्रतियोगितामा भाग लिन निर्माण टिमले आग्रह गरेको छ । ‘मेरी मामु’ निर्माण कम्पनीका अनुसार, प्रतियोगीतामा भाग लिनका लागि तोकिएको फर्म्याटमा आफ्नो आमाको बारेमा लेख्नुपर्नेछ ।

सो फर्म अनुसार प्रतियोगीहरुले आफ्नो आमाको बारेमा मनछुने बाक्यांश लेख्नु पर्ने निर्माता सन्तोष सेनले बताएका छन् । सहभागीहरुले फर्ममा उल्लेख गरे अनुसार आ–आफ्नो जानकारी सहित २ सय ५० शब्दमा नबढाई बाक्यांश लेखेर स्कुलमा राखिएको संकलन बक्स अथवा सिधै आसुसेन फिल्मसलाई पठाउनुपर्नेछ ।

प्रतियोगीतामा सहभागी मध्येबाट उत्कृृृष्ट ५ जनाको नाम फिल्मका मुख्य कलाकार आयुब सेनले मिडिया, ‘मेरी मामु’ र आशुसेन फिल्मसको फेसबुक पेजबाट घोषणा गर्नेछन् ।

यम थापा निर्देशीत यो चलचत्रिमा ७ वर्षे आयुबसँगै कुसुम गुरुङ, शारुक ताम्राकार, अश्लेषा ठकुरीलगायतका कलाकाहरुको अभिनय छ । प्रतियोगितामा कक्षा १ देखि १० कक्षासम्मका विधार्थीहरुले मात्र सहभागी हुन पाउनेछन् । चलचित्र आउँदो भदौ १५ गतेबाट प्रदर्शनमा आउँदैछ ।