आर्टिष्ट खबर/ साउन, काठमाडौं ।

यहि आउँदो भदौ १ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘मिस्टर भर्जिन’ टिम प्रचारप्रसारमा तिब्र रुपमा लागिरहेको छ । युवाहरुमा हुने यौनचाहाना चलचित्रको मुख्य कथा हो । यसैबिच चलचित्रका मुख्य कलाकार मध्येका एक कमलमणी नेपालले आफ्नो भूमिकाको बारेका केहि बोलेका छन् । नेपालले चलचित्रमा आफू बिवाहित कुमार भएको खुलाएका छन् । उनले तीन युवामध्ये आफ्नो भूमिका दुईजनाको भन्दा फरक बिवाहित कुमारको रहेको बताएका हुन् ।

‘मेरा दुई साथीहरु अबिवाहित कुमार हुन् तर म भने बिवाहित कुमार हुँ’, नेपालले भने । बिवाहित भएर पनि किन कुमार भन्ने प्रश्नमा भने उनले भूमिकाको बारेमा चलचित्र प्रदर्शन अगावै धेरै बोल्न नमिल्ने बताए । ‘तीन युवाहरु यौनचाहाना मेटाउनका लागी दौडधुप गर्ने कथा छ चलचित्रमा, यौनको प्यास मेटाउन खोज्दा आइपर्ने बिभिन्न समस्या चलचित्रमा छन्’, नेपालले थपे ।

चलचित्र कुन उमेरका वर्गका लागी हो भन्नेहरुका लागी सबैबर्गले हेर्न मिल्ने उनी बताउँछन् । ‘बृद्ध दर्शकले पनी युवाअवस्था पार गरेको हुँदा मज्जाले हेर्न मिल्छ’, नेपाल भन्छन् । चलचित्रमा गौरब पहारी, कमलमणी नेपाल, बिजय बराल र मरिष्का पोखरेलको मुख्य भूमिका छ । चलचित्र बिसारत बस्नेतले निर्देशन गरेका हुन् ।