पुजाको ‘रामकहानी’ ट्रेलर आयो, देखियो कमेडी नै कमेडी (भिडियो)

आर्टिष्ट खबर, साउन, काठमाडौं ।

आउँदो भदौ २२ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको प्रतिक्षित चलचित्र 'रामकहानी'को ट्रेलर सार्वजनिक गरिएको छ । प्रेमकथामा निर्माण गरिएको भनिएको यो चलचित्रमा नायिका पुजा शर्मा र नायक आकाश श्रेष्ठको प्रेममा आइपर्ने बिभिन्न समस्या देखाइएको छ । चलचित्रको सार्वजनिक ट्रेलर हेर्दा चलचित्रमा प्रेमसँगै कमेडी पनि उत्तिकै छ ।

सुदर्शन थापा निर्देशीत यो चलचित्रमा हाँस्य कलाकार धेरै छन् त्यसैले पनि कमेडी बढी देखिन्छ । हाँस्य कलाकार केदार घिमिरे (माग्ने बुढा), जितु नेपाल (मुन्द्रे), विल्सन बिक्रम राई (तक्मे बुढा), राजाराम पौडेल लगायतका कलाकारहरुको पनि अभिनय छ । चलचित्रको ट्रेलर सार्वजनिक भइसकेपछि दर्शक माझ झन् जिज्ञाशा थपिएको छ किनकी चलचित्रमा भूतको कथामा देखाइएको छ । यो बिषयलाई निर्देशक थापाले भने मायाप्रेम गर्दै जाँदा बिचमा आउने बिभिन्न कठिनाईहरु भन्छन् ।

बिहिबार राजधानीमा आयोजना गरिएको ट्रेलर रिलिज कार्यक्रममा चलचित्रको जनरा हरर कि प्रेमकथा भन्ने सञ्चारकर्मिहरुको प्रश्नमा निर्देशक थापा भन्छन्, 'चलचित्र पुर्णतया प्रेमकथामा निर्माण गरिएको छ । सधैं हरियाली डाँडाकाँडा देखाएरमात्र प्रेम हुन्छ भन्ने छैन, त्यसैले यो पटक केहि फरक बनाएको छु, प्रेम गर्दैजाँदा बिचमा आउने दुखकस्टमा चलचित्रमा देखाइएको हो ।'

यसअघि यो चलचित्रको 'तिम्रो लागि म छु’ बोलको गीत सार्वजनिक भइसकेको छ । जसमा प्रतिक्रिया राम्रो आएको छ । सुदर्शन थापा र पुजा शर्माले मिलेर बनाएको यो चलचित्रमा पूजा शर्मा, आकाश श्रेष्ठको साथमा हाँस्य कलाकारहरु राजाराम पौडेल, केदार घिमिरे, जितु नेपाल, रविन्द्र झा, विल्सन विक्रम राईको मुख्य भूमिका छ । चलचित्रमा अर्जुन पोखरेलको संगीत, सौरभ लामाको छायांकन रहेको छ ।

video: