मुम्बई , एजेन्सी ।

चलचित्र ‘फन्ने खान’ यतिबेला भारत लगायत अन्य देशका विभिन्न थिएटरमा प्रदर्शन भइरहेको छ। अभिनेत्री ऐश्वर्या राय बच्चन अभिनित उक्त चलचित्रमा ऐश्वर्या लगायत अनिल कपुर र राजकुमार रावको मुख्य भुमिका रहेको छ । अनुराग कश्यपको चलचित्र ‘गुलाब जामुन’मा पति अभिषेकको साथमा ऐश्वर्या चाँडै नै दर्शक माझ देखिँदैछिन् । उनी यसअघि सन् २०१६ मा प्रर्दशनमा आएको चलचित्र ‘ऐ दिल है मुश्किल’मा रणवीर कपूर र अनुष्का शर्माको साथमा देखिएकी थिइन्।

ऐश्वर्या चाँडै नै चलचित्र निर्देशन गर्ने तयारीमा छिन् । उनले हाल चलचित्र निर्देशनमा आफ्नो रुची रहेको र चाँडै नै यो काम गर्ने मुम्बईका पत्रकारहरु माझ बताएकी छिन्। ‘म केही वर्ष पछि चलचित्र निर्देशनमा कदम चाल्दैछु । मेरो कुराबाट मेरा पति पनि उत्साहित छन् । म कुनै पनि चलचित्रको निर्देशन गर्दा हृदयदेखि नै गर्नेछु,’उनले भनेकी छन्,‘निर्देशनमा पूरा समय दिनेछु।’

चलचित्र ‘फन्ने खान’ अतुल मान्जरेकरले निर्देशन गरेका हुन् । उक्त चलचित्रमा अनिल संगीत मनपराउने एक ट्याक्सी ड्राइभरको भूमिकामा छन् । उनी आफै फनकार र ट्रम्पेट पनि बजाउँछन् । उनकी छोरीलाई गीत गाउने सोख हुन्छ । उनी गीत गाएरै लता मंगेशकर बन्न चाहन्छिन् । चलचित्रमा ऐश्वर्या गायिका हुन्छिन् । चलचित्रमा पीहू सन्डले अनिलको छोरीको भूमिका निर्वाह गरेकी छन् ।

अनिल र ऐश्वर्याको चलचित्र ‘फन्ने खान’मा १८ वर्षपछि पुन पर्दामा एकसाथ देखिएका हुन् । यस अघि यी दुईले चलचित्र ‘ताल’ र ‘हमारा दिल आपके पास हे’मा एक साथ काम गरिसकेमा छन् ।