आर्टिष्ट खबर/ साउन, काठमाडौं ।

रंगमञ्च भन्नासाथ नाटक मञ्चन हुने ठाउँ भनेर बुझ्दै आइएको छ । ती ठाउँ नाटक मञ्चनकै लागी बनाइएको हुन्छ । तर पछिल्लो समय अन्य कार्यक्रमपनि रंगमञ्चका स्टेजमा हुन थालेका छन् । यस्तै राजधानीको कालिकास्थान स्थित सर्वनाम थिएटरमा कमेडी शो प्रस्तुत गर्दै आएको नेप–ग्याजम स्टयाण्ड–अप कमेडी शो टिमले आफ्नो ‘लाइभ स्टयाण्ड–अप कमेडी शो सिजन ३’ सम्पन्न गरेको छ । उक्त टिमले सेलिब्रेटी म्यानेजमेन्ट नेपालसँगको संयुक्त आयोजनामा यहि साउन १९ गते शनिबारको दिन लाइभ स्टयाण्ड–अप कमेडी शो सिजन ३ सम्पन्न गरेको हो ।

सिजन १ र सिजन २को सफलता पछिको यो तेश्रो सिजनमा पाँच जना हाँस्य कलाकारहरु लेखमणी त्रिताल, डोरेश खतिवडा, रुजा ओझा, सरोज भण्डारी साथै गेस्ट आरटिस्टमा कलाकार रोशन सुवेदीले आफ्ना दमादार प्रस्तुतीहरु दिएर उपस्थित करिब २५० दर्शकहरुलाई २ घण्टासम्म पेट मिचि मिचि हाँस्न बाध्य बनाएका थिए । सो कार्यक्रमको उदघोषण सोमिता धमलाले गरेकी थिइन् भने कार्यव्रmममा उपस्थित दर्शकहरुले फेरी पनि यस्तो कमेडी सो आयोजना गर्न आयोजक सँग माग गरेका थिए ।

कार्यक्रमलाई बेस्ट डिल्स नेपाल, बाइक होलिक सरभिस प्रा.लि., द क्ले – टेक सलुशन प्रा.लि. ले प्रायोजन गरेको थियो भने भेन्यू पाटनर सर्वनाम थिएटर रहेको थियो ।

२१ श्रावण २०७५, सोमबार १०:३८