फुलपातीमा आउने प्रशान्त तामाङको फिल्म ‘परदेशी’को अडियो गित सार्वजनिक

...

pardeshi film audio lunchअसोज, काठमाडौं । आउँदो कात्तिक ३ अर्थात फुलपातीको दिन बाट प्रदर्शनमा आउने फिल्मपरदेशको अडियो गित सार्वजनिक गरीएको छ । सोमबार राजधानीको नयाँ बानेश्वरमा भएको एक कार्यक्रममा मह जोडी मदनकृष्ण श्रेष्ठ र हरीवंश आचार्यको साथमा थुप्रै फिल्मकर्मिहरुको साथमा अडियो लञ्ज गरीएको हो । कार्यक्रममा फिल्मका नायक प्रशान्त तामाङपनि उपस्थित भएका थिए ।

कार्यक्रममा उपस्थित कलाकारहरुले बोल्नेक्रममा युवा परदेश जानु पर्ने देशको बाध्यताको कथा बोकेको यस फिल्मलाई दर्शकले मन पराउने बताए । फिल्मका मुख्य पात्र प्रशान्त तामाङले आफ्नो पहिलाको चलचित्र ‘गोर्खा पल्टन’ भन्दा पनि दर्शकले अझै माया गरीदिने बिस्वास व्यक्त गरे । पुर्व इन्डियन आइडियल तामाङले कार्यक्रममा फिल्ममा समावेश ‘विछोडको करौती’ बोलको गीत समेत गुन्गुनाए ।

राजेश बंशाल र निर्देशक रायमाझीको संयुत्त लगानी रहेको फिल्म ‘परदेशी’ मा आठ वटा गीतहरु समावेश छन् । उदित नारायण झा, दीपा नारायण झा, अञ्जु पन्त, प्रशान्त, टिका पुन, उषा मगर र स्मृति शाहीले गीतहरुमा स्वर दिएका छन् । चलचित्रमा मुख्य कलाकारको रुपमा प्रशान्त तामाङ, रजनी केसी, नरेन खड्का, केशव भट्टराई, तारा शर्मा रहेका छन् ।