आर्टिष्ट खबर/ साउन, काठमाडौं ।

निर्माता सन्तोष सेनले आफ्ना ७ बर्षिय छोरालाई अभिनय गराएर निर्माण गरेको चलचित्र ‘मेरी मामु’ टिम प्रचारप्रसारमा तिबरुपमा अगाडी बढेको छ । टिम यतिखेर प्रचारकै लागी मोफसलमा छ । यहि आउँदो भदौ १५ गतेबाट प्रदर्शन हुने तयारीमा रहेको यो चलचित्र टिमले प्रचारका लागी बिद्यालय केन्द्रित भएको छ । चलचित्र बाल मनोविज्ञानमा आधारित रहेकोले मोफसलका स्कुलहरुमा प्रचारगर्दै हिडेका छन् । टिमले पुर्वका विभिन्न विद्यालयमा प्रचार गरिसकेको जनाएको छ । बिद्यालयका बिद्यार्थीहरुसँगै बसेर चलचित्रका मुख्य बालकलाकार आयुव सेनले प्रोजेक्टरबाटै आफू अभिनित चलचित्रको गीत देखाउँदै हिडेका छन् ।

धरानका विद्यालयहरु के.के. इन्टरनेशनल, दिपेन्दै प्रहरी स्कुल, पव्लिक हाईस्कुल, यु.एन कलेज र धरान इङ्ग्लिस बोर्डिंङ स्कुल लगायत अन्य विद्यालयहरुमा टोली पुगिसकेको चलचित्र टिमले जनाएको छ । टिम धरानपछि बिर्तामोडका देवभुमि स्कुल, कन्काई हाईस्कुल, पुर्वाञ्चल हाईस्कुल, मनकामना कलेज लगायत अन्य कलेजहरुमा पुगेका थिए । मंगलबार, बुधबार र बिहिबारसम्म पुर्वका दमक, इटहरी र बिराटनगरका विद्यालयामा पुग्ने निर्माता सेनले जनाए ।

टिमले केहिदिन अघिबाट ‘थाईल्याण्ड टुर’ प्रतियोगिता अगाडी सारेको छ । यो योजनाबाट धेरै विद्यार्थी आकर्षित भएका छन् । निर्माता सेनले यो भन्दा अघिका चलचित्र ‘प्रेमगीत’, ‘प्रेमगीत २’को प्रचारका लागी पनि निकै खर्चेका थिए । प्रसार कुन शैलीमा गर्दा चलचित्र राम्रोसँग चल्छ भन्ने उनले बुझेर अगाडी बढेका हुन्छन् । अहिले ‘मेरी मामु’का लागी पनि १८ लाख खर्च भइसकेको बताएका छन् । चलचित्रमा यम थापाको लेखन तथा निर्देशन छ भने बालकलाकार आयुवसँगै कुसुम गुरुङ, सारुक ताम्राकार, अश्लेष ठकुरी लगायतको मुख्य भूमिका रहेको छ ।

२३ श्रावण २०७५, बुधबार ०६:४९