मुम्बई , एजेन्सी ।

बलिउड स्टार सलमान खान र अभिनेत्री अनुष्का शर्मा अभिनित चलचित्र ‘सुल्तान’ अब चीनमा प्रर्दशन हुने भएको छ । दुई वर्ष अघि भारतमा ४ हजार स्क्रिनमा प्रर्दशन भएको सुल्तान चीनमा ११ हजार स्क्रिनमा प्रर्दशन हुने भएको छ । यस कुराको जानकारी यशराज फिल्मको इन्टरनेशनल अपरेसन्सका उपाध्यक्ष अवतार पनेसरले दिएका हुन् । उनले भारतीय चलचित्रका लागि चीन पनि ठूलो बजार भएको बताए । भारतमा यस चलचित्रले बक्स अपिसमा राम्रो ब्यापार गरेको थियो ।

सिमित हिन्दी चलचित्रलाई चिनिया दर्शकले मन पराउने गरेका छन् । यसअघि आमिर खान अभिनित दंगललाई चिनिया दर्शकले निकै मन पराएका थिए । अली अब्बास जफर निर्देशित सुल्तानमा अनुष्का शर्मा र सलमान खानको मुख्य भुमिका रहेको छ । उक्त चलचित्रलाई चिनिया भाषामा सबटाईटल दिइएको छ ।

२३ श्रावण २०७५, बुधबार १३:५९