आर्टिष्ट खबर/ साउन, काठमाडौं ।

चलचित्र ‘भैरे’को सिक्वेल बन्ने भएको छ । यहि साउन ४ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘भैरे’को सफलता पछि निर्माण टिमले बिहिबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दे ‘भैरे २’ निर्माण गर्ने घोषणा गरेको हो ।

चलचित्रको सफलता पछि भैरेको सिक्वेल निर्माण गर्न लागिएको निर्देशक एभरेष्ट सुर्य बोहराले जानकारी दिए । उनले चलचित्रमा कलाकारहरु दोहोरिनेछन् या नयाँ हुनेछन् त्यो भने यकिन नभइसकेको जानकारी दिए । यस्तै निर्माता प्रेम प्रसाद पौडेलले चलचित्रले नेपालबाट लगानी सुरक्षित गरेसँगै दोस्रो सिरिजको तयारी थालेको बताए । ‘भैरे २’ को निर्देशन पनि बोहराले नै गर्नेछन् ।

कार्यक्रममा चलचित्रले अहिलेसम्म कति आम्दान गरेको छ त्यो भने निर्माण टिमले खुलाएनन् । चलचित्रको यूरोपमा २५ शो, क्यानाडामा १२ शो, जापानमा ७ शो, कोरियामा ५ शो, यूकेमा ४ शो र यूएसएमा २४ शो हुने पक्का भएको कार्यक्रममा जानकारी दिइयो । दुवई, कतार, बहराइन र वमनका लागि ७ लाखमा विक्रि भएको फिल्मको पोल्याण्ड राइट्स ५ लाख रहेको निर्माताले बताए । यस्तै, सिंगापुर, हङ्गकङ्ग, मलेशिया, वर्मा, थाइल्याण्डमा पनि फिल्म प्रदर्शन हुने बताइएको छ । यस्तै, ‘भैरे’ को अष्ट्रेलिया राइट्स १२ लाखमा विक्रि भइसकेको निर्माता पौडेलले जानकारी दिए ।