‘रोजी’सँग आफ्नो फिल्म जुधाउन डराएकी हुन् पूजा ?

...

<pre style="text-align: justify; "><b>आर्टिष्ट खबर/ साउन, काठमाडौं । </b></pre><p style="text-align: justify; ">आउँदो भदौ २२ गतेबाट दुई चलचित्र ‘रामकहानी’ र ‘रोजी’प्रदर्शनमा आउँदैछन् । ‘रामकहानी’ निर्माता पूजाले ‘रोजी’ आफ्नो चलचित्रसँग जुध्ने भएपछि सामाजिक सञ्जालमा आक्रोश पोखेकी छिन् । उनले चलचित्र बिकास बोर्डकी अध्यक्ष निकिता पौडेलप्रति आक्रोस पोख्दै स्टाटस पोस्ट गरिन् । आफ्नो चलचित्रसँग निरक पौडेलको निर्देशन रहेको ‘रोजी’ जुध्ने भएपछि पूजाले पौडेललाई आक्रोस पोखेकी हुन् । पूजाले अध्यक्ष निकिताले आफ्नो ‘राम कहानी’सँग ‘रोजी’ जुधाउने प्लान गरेको र सोही प्लान अनुसार रोजी ल्याएको आरोप लगाएकी छिन् ।</p><p style="text-align: justify; ">उनले आफ्नो स्टाटसमा लेखेकी छिन् ‘निकिताजी विकास बोर्डको महिला अध्यक्ष भनेर चलचित्रकर्मीको सहयोग र सेम्पेथी पनि लिनुहुन्छ तर एउटा यस्तो संस्थाको अध्यक्ष भएर चलचित्रकर्मीलाई साथ र सहयोग गर्दै सबैलाई मिलाएर चलचित्रको विकासमा ध्यान दिनुभन्दा एउटा महिलाले नै निर्माण गरेको चलचित्रसँग जुधाएर कुन चाहीं विकासको लागि लड्दै हुनुहुन्छ ?’ पूजाले चलचित्र जुध्न आएकोमा भन्दा पनि विकास बोर्डको अध्यक्ष भएर पनि त्यो पदको गरिमा अनुसार काम नगरेकोमा आपत्ति भएको पनि स्पष्टिकरण दिएकी छिन् । उनले निकितालाई महिला भएर सेम्पेथी लिन खोजेको आरोप लगाइरहँदा पूजाले फेसबुकमा स्टाटस लेखेर त्यस्तै सेम्पेथी लिन खोजेको बुझ्न गाह्रो पर्दैन । उनको ‘एउटा महिलाले बनाएको चलचित्रसँग जुधाएर’ भन्ने वाक्यले महिलाले निर्माण गरेको चलचित्र भन्ने बित्तिकै सहज रुपमा हेरिनुपर्छ भन्ने भनाई केन्द्रित गर्छ । ‘राम कहानी’का निर्देशन सुदर्शन थापा भने यो बिषयमा चुप बसेका छन् ।&nbsp;&nbsp;</p><p style="text-align: justify; ">पूजाले चलचित्र चलाउने फण्डा यो भन्दा अघिपनि बिभिन्न तरिकाबाट अपनाउँदै आएकी छिन् । उनलाई चलचित्र क्षेत्रमा पत्रकारहातमा लिने नायिका भनेर पनि चिनिन्छ भने चलचित्रको प्रदर्शनको बेलामा चलचित्रमा आफूसँग अभिनय गरेका नायकसँगको प्रेमको चर्चापनि निकै हुन्छ । ‘म यस्तो गीत गाउँछु’को समयमा नायक पलशाहसँगको प्रेम, ‘प्रेमगीत’को समयमा नायक प्रदीप खड्कासँगको प्रेम र अहिले ‘राम कहानीको’ समयमा नायक आकाश श्रेष्ठसँगको प्रेमको चर्चा चलिरहेको छ । तर उनको यो प्रेमको फण्डा चलचित्र प्रदर्शन अघिसम्म मात्र हुन्छ ।</p><p style="text-align: justify; ">पूजाका यसभन्दा अघिका चलचित्र अन्य चलचित्रसँग जुधेकै थिए तर यसपटक पूजाले ‘रोजी’सँग चलचित्र जुध्दा आक्रोश पोखिन्, यसअर्थमा पूजा उक्त चलचित्रसँग डराएको बुझ्न सकिन्छ । किनकी ‘रोजी’ चलचित्रकी निर्माता पौडेल बिकास बोर्डकी अध्यक्ष तथा राजधानीको ठुलो हल ‘गोपिकृष्ण’की सञ्चालिका समेत हुन् । पुजाको यसअघिका ‘म यस्तो गीत गाउँछु’ पनि ‘सायद २’सँग जुधेको थियो । यस्तै ‘प्रेमगीत’ पनि ‘क्लासिक’ र ‘चलेछ बतास सुस्तरी’सँग जुधेको थियो । आजको हिमालय टाइम्समा प्रकाशित छ ।</p>