‘भाग्यले बाँचेकाहरु’बाट संकलित रकम मानव सेवा आश्रमलाई

आर्टिष्ट खबर/ साउन, काठमाडौँ ।

चर्चित डकुमेन्ट्री फिल्म ‘भाग्यले बाँचेकाहरु’को प्रदर्शनबाट संकलित रकम सडकबाट बेशारिसे रुपमा उद्दार गरिएका व्यक्तिहरुले आश्रय लिइरहेको मानव सेवा आश्रमलाई सहयोग गरिएको छ । लमजुङ समाज युएईले बिहीबार लमजुङ सदरमुकाम बेसीशहरमा आयोजित कार्यक्रममा लमजुङ सेवा समाज यूएईका संरक्षक अर्जुनबहादुर गौली, भाग्यले बाँचेकाहरुका निर्देशक गणेश पाण्डे, जिल्ला समन्वय समितिका प्रमुख लोकराज पाण्डे, प्रमुख जिल्ला अधिकारी झम्कनाथ ढकाल लगायतले एक लाख एक हजार एक सय एक रुपैँयाको चेक आश्रमलाई हस्तान्तरण गरे ।

डेढ दर्जन अन्तर्राष्ट्रिय अवार्ड जित्न सफल ‘भाग्यले बाँचेकाहरु’ गत असार १ र २ गते लमजुङ समाज युएईले दुबई, आबुधाबी र शारहजामा प्रदर्शन गरेको थियो । प्रदर्शनीमा ‘भाग्यले बाँचेकाहरु’ का निर्देशक पाण्डे, निर्मात्री शारदा गैरे, नेपाल पत्रकार महासंघ लमजुङका अध्यक्ष आश गुरुङ युएई पुगेकाथिए । च्यारिटी शोबाट संकलित रकम गृहजिल्लाकै परोपकारी संस्थालाई सहयोग गर्न पाउँदा अत्यन्तै खुसी लागेको लमजुङ समाजका संरक्षक गौलीले बताए ।

यसैगरी, ‘भाग्यले बाँचेकाहरु’का निर्देशक गणेश पाण्डेले वृत्तचित्रबाट संकलित रकमबाट बिभिन्न परोपकारी कार्यहरु संचालन गरिरहेको जानकारी दिनुभयो। परोपकारी अभियानलाई अझै निरन्तरता दिने उनले बताए ।  जिल्ला समन्वय समिति लमजुङका प्रमुख लोकराज पाण्डे, प्रमुख जिल्ला अधिकारी झम्कनाथ ढकाल, बेसीशहर नगरपालिकाका प्रशासकीय अधिकृत भीमप्रसाद तिवारी, वडा अध्यक्ष पवित्रा थापा मगर, लमजुङ उद्योग बाणिज्य संघका अध्यक्ष राजेश थापा, जिल्ला सामुदाायिक अस्पतालका प्रशासकीय अधिकृत युवराज देवकोटा लगायतले ‘भाग्यले बाँचेकाहरु’ले अन्तर्राष्ट्रिय जगतमा कमाएको ख्याति र परोपकारी अभियानको प्रशंसा  गरे ।

बेसीशहरमा दुई बर्षदेखि संचालित मानव सेवा आश्रममा बेवारिसे अबस्थामा सडकमा भेटिएका ९ जना आश्रित छन् । आश्रमको व्यवस्थापन गरिरहेको ‘साँचो जीवन निर्माण अभियान’का संयोजक किसान संगीत नेपाली र आश्रमकी संयोजक अनिता अधिकारीले सहयोगी हातको खाँचो रहेको भन्दै लमजुङ समाज युएई र भाग्यले बाँचेकाहरु टिमलाई धन्यवाद व्यक्त गरे । नेपालको महाभूकम्पमा परी चमत्कारिक रुपमा ज्यान बचाउन सफल नेपालीको कथामा बनेको बहुचर्चित वृत्तचित्र ‘भाग्यले बाँचेकाहरु’ ले १७ वटा अन्तर्राष्ट्रिय अवार्ड जितेको छ भने १३ वटा भाषामा अनुवाद भएको छ ।