‘मिस्टर भर्जिन’ प्रमोशनः पैसा फेक तमासा देख

आर्टिष्ट खबर/ साउन, काठमाडौं ।

पछिल्लो समय चलचित्रको प्रमोशनका लागी निर्माण टिमले बिभिन्न योजनाहरु ल्याउन थालेको छ । कतै कभर गीत कम्पिटिसन, कतै बिदेश भ्रमणको अफर, यस्ता योजनाहरुले चलचित्रको प्रमोशनमा केहि फाइदा भने पक्कै पुगेको देखिन्छ । यस्तै फण्डाहरुको बिचमा पछिल्लो समय धेरे चलचित्रले अपनाउने प्रमोशनको अर्को फण्डा हो, देशब्यापी कन्सर्ट । प्रदर्शन मिति नजिकिदै गर्दा चलचित्र टिमले देशका बिभिन्न मुख्य शहरहरुमा चलचित्रका कलाकारहरुलाई लिएर देशब्यापी कन्सर्ट गर्छन्, दर्शकमाझ प्रत्यक्ष भेटेर चलचित्रको बारेमा जानकारी दिन्छन् ।यसरी देशभरको कन्सर्ट हेर्न उत्रिएका सबै दर्शक हलसम्म पुग्छन् भन्ने त हुँदैन तर उक्त चलचित्र दर्शकको मस्तिस्कमा भने पक्कै बस्छ ।

यसैबिच यहि आउँदो भदौ १ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘मिस्टर भर्जिन’ले पनि यसै योजनालाई अगाडी सारेको छ अर्थात देशब्यापी कन्सर्ट गरिरहेको छ । चलचित्रको कलाकारसहितको टिम यतिखेर मोफसलको दौडाहामा छ । टिमले अहिलेसम्म बुटवल, चितवन, हेटौडा, पोखरा, इटहरी लगायतका ठुला शहरहरुमा कन्सर्ट सकेको छ । भोली (शनिबार) चलचित्र टिम बिर्तामाडमा रहने चलचित्र टिमले आर्टिष्ट खबरलाई जानकारी दिएको छ ।

पैसा फेक तमासा देख

गएको २२ गते पोखराको कन्सर्ट अन्य ठाउँभन्दा बिशेष रह्यो । चलचित्रका मुख्य कलाकार गौरव पहारी, मरिष्का पोखरेल र कमलमणी नेपाल सहित स्टेज तताउनका लागी युट्युवर सोनिका रोकाया स्टेजमा उत्रिए । सोनिकाले ‘पैसा फेक तमासा देख’ गीतमा हट नृत्य गरिरहदा उपस्थित युवादर्शक मज्जैले चिच्याउँदै नाँचेका थिए ।