आर्टिष्ट खबर/ साउन, काठमाडौं ।

यहि आउँदो भदौ १ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको नयाँ चलचित्र ‘जय शम्भु’ टिम मोफसल प्रमोशनमा निस्किएको छ । कलाकार सहित शनिबार पोखरा पुगेको निर्माण टिमले पत्रकार भेटघाट कार्यक्रम सम्पन्न गर्यो । पोखरा कलाकारहरु प्रशान्त ताम्राकार र अनुप विक्रम शाही पुगेका थिए । नायिका बर्षा शिवाकोटी भने मौसम खराबका कारण पोखराको उडान हुननसकेपछि काठमाडौंमै रोकिएकी थिईन् । पोखरामा रहेको फिल्मका टिम बुटवल प्रस्थान भएका छन् । बुटवलमा नायिका बर्षा शिवाकोटी पनि उपस्थित हुनेछिन् ।

त्यस लगतै युनिट आइतबार बिहान बुटवलमा आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रम सकाएर त्यहाँबाट चितवन र हेटौंडा तर्फ लाग्नेछन् । चितवन र हेटौंडाको कार्यक्रम सकाएर फिल्म युनिट २८ गते सोमबार काठमाडौं फर्कनेछन् । यसैक्रममा फिल्म युनिटले मिस गण्डकीका कन्टेस्टेन्टहरुसँग पनि भेटघाट गरेका थिए । रिलिज मिती नजिकिँदै गर्दा चलचित्र युनिटले प्रचार प्रसारलाई तीव्र पारेका हुन् । देशव्यापीप्रचार प्रसारमा देखिएका चलचित्रका टिमले प्रचारको नयाँ शैली अपनाएका हुन् ।

दिनेश शाही प्रस्तुतकर्ता रहेको जय शम्भुमा अरविन्द्रमान शाक्य निर्माताको रुपमा रहेका छन् भने चक्र पाख्रिन कार्यकारी निर्माताको रुपमा रहेका छन् । यस्तै सह निर्माताहरु कुशलशर्माा र शिक्षाकाफ्ले हुन् । चलचित्र रुपेश तामाङले निर्देशन गरेका हुन् । चलचित्रमा हरि घले लामाको छायाँकन, श्री श्रेष्ठको एक्शन, टंक बुढाथोकीको संगीत, बनिश शाहको सम्पादन, रामजी लामिछानेको नृत्य रहेको छ । चलचित्रमा प्रशान्त, अनुप र बर्षासँगै रोशनमहर्जन, करुणा पाण्डे, रश्मी भट्ट, बसन्त भट्ट, राजकुमार थापा, कालु रानाआदको मूख्यभुमिका रहेको छ । फिल्मलाई राजधानीमा बिके चलचित्रका गोपालकाजी कायस्थ र काठमाडौं बाहिर एफडि कम्पनीले वितरण गर्ने भएका छन् ।

२६ श्रावण २०७५, शनिबार ११:११