मनिषाले लेखेको पहिलो पुस्तकको नाम यस्तो

आर्टिष्ट खबर/ साउन, काठमाडौं ।

बलिउडमा रहेकी नेपाली अभिनेत्री मनिषा कोइरालाले आफूले लेखेको पहिलो पुस्तकको नाम सार्वजनिक गरेकी छिन् । मनिषाले आफ्नो इन्स्टाग्राम अकाउन्टबाट आफ्नो पुस्तकको नाम ‘द बुक अफ अनटोल्ड स्टोरिज’ रहेको जानकारी गराएकी छिन् । उनले किताबको फस्र्ट लुक पनि सेयर गरेकी छन् । किताब कस्तो प्रकारको हो भन्ने चाहिँ उनले केही खुलाएकी छैनन् । ‘धन्यवाद पेग्विन इन्डिया र गुरवीन चड्डा, मलाई आफ्नो कथा सनाउन प्रेरित गरेकोमा । यो मेरो पहिलो किताब हो । आशा छ अरु धेरै आउनेछन् किनकी म यो काममा रमाइरहेकी छु,’ मनिषाले लेखेकी छन् ।

क्यान्सरबाट मुक्त भएपछि मनिषा पुन बलिउडमा सक्रिय हुने प्रयास गरिरहेकी छन् । उने अभिनय गरेको फिल्म ‘सञ्जु’ हालै प्रदर्शनमा आएको थियो । चाँडै उनी एउटा वेब सिरिजमा पनि लिड रोलमा देखिदैछिन् ।

उनले लेखेको पुस्तकबाट दर्शकले मनिषाका थाहा नभएका धेरै कुरा थाहा पाउनेछन् । उनले आफ्नो असफल वैवाहिक जीवनका विषयमा पनि केही रहस्योद्घाटन गर्ने बुझिएको छ । मनिषाले नेपालका व्यवसायी सम्राट दाहालसँग विहे गरेको छोटो समयमै अलग्गिएकी थिइन् ।