‘सुश्री सम्पत्ती’को नयाँ रिलिज मिति, ‘रामकहानी’ र ‘रोजी’सँग नभिड्ने

...

<pre style="text-align: justify; "><b>आर्टिष्ट खबर/ साउन, काठमाडौं । </b></pre><p style="text-align: justify; ">चलचित्र ‘सुश्री सम्पत्ती’ अब मंसिर २८ गतेबाट प्रदर्शनमा आउने भएको छ । यसअघि भदौ २२ गतेबाट प्रदर्शन हुने भनिएको यो चलचित्रसँग अन्य दुई ठुला चलचित्र भिड्ने भएपछि प्रदर्शन मिति सारिएको बुझिएको छ । सुव्रत आचार्य निर्देशित&nbsp; ‘सुश्री सम्पत्ती’मा सलोन बस्नेत, सारा शिर्पाइली र विनोद न्यौपानेको मुख्य भूमिका रहेको छ ।&nbsp;</p><p style="text-align: justify; ">भदौ २२ मा ‘रामकहानी’ र ‘रोजी’ जुध्नेभएका छन् । यी दुई चलचित्रसँग जुध्न नसकेर सुश्री सम्पत्ती’ सरेको हो ।&nbsp; रमेश त्वायना प्रस्तुतकर्ता रहेको ‘सुश्री सम्पत्ति’ को कथा निर्देशक सुव्रत आफैंले लेखेका हुन् । फिल्मको निर्मातामा विज्ञान राई, नुनम सुब्बा र रमन सिलाकार रहेका छन् ।&nbsp;</p>