‘इन्शाअल्लाह’मा सलमान र दीपिकाको जोडी जम्ला ?

मुम्बई/ एजेन्सी

बलिउडका चर्चित निर्देशक सञ्जय लीला भन्साली हाल उनको नयाँ चलचित्र  ‘इन्शाअल्लाह’को तयारीमा ब्यस्त छन् । सुपरहिट चलचित्र  ‘पद्मावत’का निर्देशक सञ्जय लीला भन्सालीले केही महिनाअघि नै यो चलचित्र दर्ता गरेका थिए ।

बताए अनुसार भन्सालीले यस चलचित्रका लागि सलमान खान र दीपिका पादुकोणलाई कास्ट गर्न सक्ने बताइएको छ । यसअघि सलमान र दीपिकाले कुनैपनि चलचित्रमा एकसाथ काम गरेका छैनन् । त्यसैले सलमान र दीपिकाको जोडी पर्दामा हेर्नका लागि दर्शकहरुमा पनि एक खालको क्रेज रहेको छ । तर भन्सालीको यस चलचित्रमा यि दुबैले एकसाथ काम गर्नेछन वा छैनन् यस कुराको टुंगो केही समय पछि मात्रै लाग्नेछ ।

यस अघि भन्साली निर्देशित चलचित्र  ‘हम दिल दे चुके सनम’ मा अभिनेता सलमान खानले काम गरिसकेका छन भने अभिनेत्री दीपिका  पादुकोणले रामलीला, बाजिराव मस्तानी र पद्मावत जस्ता सुपरहिट ३ वटा चलचित्रमा काम गरिसकेकी छिन् ।