‘इन्टु मिन्टु लण्डनमा’को दोश्रो गीत सार्वजनिक (भिडियो)

आर्टिष्ट खबर/ साउन, काठमाडौं ।

चलचित्र  ‘इन्टु मिन्टु लण्डनमा’ को दोश्रो गीत सार्वजनिक भएको छ ।  ‘लण्डन’मा बोलको पप गीतमा नव नायक धिरज मगर फिचर्ड छन्  भने नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहलाई केही झलक देख्न सकिन्छ ।

सुजिल कर्मचार्यको शब्द तथा स्वर रहेको गीत नविन किशोर राई र कुमार बस्नेतको दन्तैमा बाट प्रभावित भइ तयार गरिएको हो । उक्त चलचित्र प्रज्ज्वल समशेर जबरा र प्रभु समशेर जबराले संयूक्त रुपमा निर्माण गरेका हुन् । चलचित्रमा मिरा अर्थात् मिन्टुको भूमिकामा साम्राज्ञी, इशान अर्थात् इन्टुको भूमिकामा धिरज मगर प्रस्तुत छन् । रेनशा वान्तवा राईको डेव्यु निर्देशन रहेको चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’ टिजर रिलिजसँगै चर्चामा छ ।

‘इन्टु मिन्टु लन्डनमा’ का सह निर्माताहरुमा सुलेखा राई, बसन्त तामाङ र सुष्मिता जिरेल रहेका छन् । चलचित्रको लेखकमा अभिमन्यु दिक्षित र रेनाशा रहेका छन् भने, आभास कर्माचार्यको संवाद रहेको छ ।  आई कोर फिल्मस्को व्यानरमा निर्मित इन्टु मिन्टु लण्डनमा शैलेन्द्र धोज कार्कीको छायांकन रहेको भने सूजिल कर्माचार्य, हर्कुलस बस्नेत, स्वप्न सुमन र बसन्त सापकोटाको संगीत रहेको छ ।  प्रज्ज्वल समशेर जबरा र रेनाशाकै कथा रहेको रोमान्टिक लभस्टोरीमा साम्राज्ञी र धिरजसँगै शारुक ताम्राकार, दिलभुषण पाठक, विजय लामा, रुवी राणालगायत मुख्य भूमिकामा छन् । चलचित्रको प्रर्दशन मिति असोज ५ लाई तोकिएको छ ।

(भिडियो)