मिस्टर भर्जिनले सकायो मोफसल टुर

आर्टिष्ट खबर/ साउन, काठमाडौं ।

नेपाली चलचित्रको प्रमोशनका लागी अहिले निर्माण युनिट देशब्यापी कन्सर्टमा निस्किने लर्को नै चलेको छ । सबैजसो चलचित्रका टिम देशका मुख्य मुख्य शहरहरुमा कन्सर्ट गर्न निस्किरहेका छन् । दुईदिनअघिमात्रै मोफसल टुरसकेर ‘जय शम्भू’ चलचित्र टिम राजधानी फर्किए लगत्तै अर्को चलचित्र ‘मिस्टर भर्जिन’ टिमले पनि मोफसलकोटुर सकाएको छ । सोमबार पोखराबाट सुरु भएको ‘मिस्टर भर्जिन’को मोफसल टुर बुटवल, चितवन, हेटौंडा, धरान, बिर्तामोड, दमक हुँदै चलचित्र टिम काठमाडौं आइपुगेको हो । यस्तै काठमाडौंमा पनि लगनखेल, नयाँ बसपार्क लगायतका क्षेत्रमा मंगलबार साङ्गितिक कार्यक्रम हुने चलचित्र टिमले जनाएको छ ।

टुरमा कलाकार गौरव पहारी, कमलमणि नेपाल, मरिश्का पोख्रेल, रविन्द्र झा सहित अन्य गायक गायिका पनि सहभागी थिए । टुरका क्रममा दर्शक तथा सञ्चारकर्मीसँग भेटघाटका साथमा साङ्गितिक कार्यक्रम पनि गरिएको थियो ।

टुरका दौरान दर्शकहरुसँग नजिक रहेर चलचित्रका बारेमा जान्न पाएकाले पनि खुशी लागेको टुरमा सहभागी कलाकारले  बताए ।

वल्र्ड वाइड फिल्मस् डिस्ट्रिब्यूसनको ब्यानरमा निर्माण भएको यो चलचित्र विशारद बस्नेतले निर्देशन गरेका हुन् । चलचित्रमा गौरव पहारी, विजय बराल, कमलमणि नेपाल, मरिश्का पोख्रेल, भोलाराज सापकोटा, रविन्द्र झा, सिर्जना सुब्बा लगायतका कलाकारको अभिनय रहेको छ । ‘मिस्टर भर्जिन’मा खिलेन्द्र तिमल्सिना, प्रजापति सिवाकोटी, मुकेश रेग्मी र बिशारद बस्नेतको लगानी रहेको छ भने सह निर्मातामा सन्दिप उप्रेती, टिका पुलामी मगर र हेम प्रसाद दवाडी रहेका छन् । चलचित्र यहि आउँदो भदौ १ गतेबाट प्रदर्शन हुँदै छ ।