आर्टिष्ट खबर/ साउन, काठमाडौं ।

गायिका रुपा रौतारको एकल स्वर रहेको एल्बम ‘हिम्मत भाकी छोरी’ सार्वजनिक गरिएको छ । राजधानीमा आयोजना गरिएको एक कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ कलाकार हरिवंश आचार्य सहित संगीतकार सुरेश सेन्चुरी र समाजसेवी बिकाश घिरैयाले एल्बम एकसाथ विमोचन गरे । सानोमा आफ्नो दुवै हात गुमाएकी रुपाद्वारा स्वरबद्ध एल्बममा ६ गीत समावेश छन् । गीतमा रुपाको एकल स्वर रहेको छ भने सुरेशले एकल संगीत दिएका छन् । गीतहरुमा सरला गह, तेज प्रसाद पाण्डे, रोजिना थापा, डाक्टर कृष्ण हरि बराल, दिनेश खड्कासँगै संगीतकार सुरेश सेन्चुरीको पनि शब्द रहेको छ । कार्यक्रममा निर्माण भएको दुइ भिडियो पनि देखाइएको थियो भने ‘मेरी आमा’ बोलको गीतलाई रुपाले लाइभ गाएकी थिइन् । उनको गायकीलाई उपस्थितले तारिफ गरेका थिए ।

‘लेख्दै छु’ बोलको गीतमा प्रविन खड्काको छायांकन, प्रेम नेपालीको सम्पादन र यम पुनको निर्देशन रहेको थियो । यसैगरी सार्वजनिक शिर्ष गीत ‘हिम्मत भाकी छोरी’ ज्ञानेन्द्र शर्माले खिचेका हुन् । यसमा भरत रेग्मीको सम्पादन, सुबोल थापाको कोरियोग्राफी र सुव्रतराज आचार्यको निर्देशन रहेको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि आचार्यले रुपाको स्वरले मन छोएको बताए । ‘उहाँको बारेमा बुझेर यहाँ गीत सुन्दा र हेर्दा झनै भावुक भइयो । गीतमा लेखिएका शब्द र भरिएको स्वरले उहाको जीवन बोल्छ । उँहाको हात त छैन तर त्यसलाई गलाले अगाडी बढाउनेछ जस्तो लाग्छ ।’, आर्चायले भने । यस्तै समाजसेवी अग्रवालले रुपाको प्रतिभालाई चिनेपछि सकेको सहयोग मार्फत अगाडी ल्याउने कोसिस गरेको बताए । ‘हामीले उनको प्रतिभालाई चिनेर अगाडी ल्याउने कोसिस गरेका छौ’, उनले भने ।

यस्तै संगीतकार सेन्चुरीले रुपाको प्रतिभा देखेर विगत ६ वर्ष देखि संगीतको प्रशिक्षण दिईरहेको बताए । ‘उनको आत्विश्वास ले नै उनलाई यहाँसम्म लिएर आएको छ । हामीले उनलाई यहाँसम्मको यात्रामा लिएर आएका छौ, अबको यात्रामा मिडियाले उनलाई अगाडी बढाउनु हुनेछ भन्ने विश्वास छ ।’, सेन्चुरीले भने । कार्यक्रममा अभिनेता प्रमोद अग्रहरी , निर्देशक मनोज पण्डित , संगीतकार राजु सिंह, गायिका एन्जिला रेग्मीको उपस्थिति रहेको थियो ।