ट्रेलरमा ‘मेरी मामु’ (भिडियो)

आर्टिष्ट खबर साउन, काठमाडौं ।

चलचित्र ‘मेरी मामु’ को ट्रेलर सार्वजनिक भएको छ । निर्देशक यम थापा र सन्तोष सेनद्वारा निर्मित चलचित्रमा  निर्माता सेनका ६ बर्षिय छोरा आयुब सेन मुख्य भुमिकामा छन् ।  चलचित्रको कथा निर्देशन यम थापाकै रहेको छ ।

यस चलचित्रबाट डेब्यु गरेका आयुब सेनको पिताको भूमिकामा अभिनेता शारुक ताम्राकार छन् भने कुसुम गुरुङ उनकी आमाको भूमिकामा छिन् ।

चलचित्र  ‘मेरी मामु’ मा विशेष भुमिकामा नेपालकी पहिलो अभिनेत्री  भुवन चन्द  प्रस्तुत भएकी छिन् । उक्त चलचित्रमा आयुब सेन लगायत अभिनेत्री अश्लेशा ठकुरी, अभिनेता सारुक ताम्राकार, नव नायिका कुसुम गुरुङ र कलाकार दुर्गा मल्लको अभिनय रहेको छ।  मेसी नामको गोल्डेन रेटिभ जातको कुकुरलाई चलचित्र  ‘मेरी मामु’ मा देखाइएको छ ।

‘मेरी मामु’ बनिश शाह र भुपेन्द्र अधिकारीले सम्पादन गरेका हुन् । यस चलचित्रमा कल्याण सिंहको संगीत रहेको छ । रेशम जंग शाह कार्यकारी निर्माता रहेको चलचित्र पुरुषोत्तम प्रधान र मानकृष्ण महर्जनले खिचेका हुन् ।

(भिडियो)

चलचित्रको प्रर्दशन मिति भदौ १५ गतेलाई तोकिएको छ ।