चलचित्र ‘रोजी’को नाम परिवर्तन गरेर राखियो ‘रोज’

आर्टिष्ट खबर भदौ, काठमाडौं

आगामी २२ भदौबाट देशव्यापी प्रदर्शनमा आउने चलचित्र ‘रोजी’ को नाम परिवर्तन गरिएको छ । चलचित्रको नाम ‘रोजी’ बाट ‘रोज’ राखिएको छ । काठमाडौं वडा नम्बर १५ वस्ने गोबिन्द महर्जन र उनकी श्रीमती नानीमैया महर्जनले आफ्नो मृतक छोरी रोजी महर्जनको हत्या घटनासँग चलचित्र रोजीको कथा परिवेस मिलेको भन्दै पटक पटक सो नाम नराखिदिन दबाव दिएपछि निर्माण पक्षले चलचित्रको नाम परिवर्तन गरेको छ।बिहिबार चलचित्र विकाश बोर्डमा निर्माता निर्देशक निकर पौडेल, निर्माता मणिकरण केसी र मृतक रोजी महर्जनको परिवारबाट गोबिन्द महर्जन एवम नानीमैया महर्जनबीच भएको बार्तामा आफ्नो छोरीको मृत्यु घटनासँग सम्बन्धित चलचित्रको कथा मिलेको मर्हजन परिवारले दाबी गरे । महर्जन परिवारले चलचित्र निर्माणको सुरु देखि नै यस्तो दाबी गर्दै यो नाम नराख्न दबाब दिँदै आएका थिए ।

बिहिबार भएको दुई पक्षीय वार्तामा अब निर्माण पक्षले चलचित्रको नाम रोजी नराख्ने, चलचित्र सत्य घटनामा आधारित रहेको भन्ने उल्लेख नगर्ने सम्झौता भएको छ । यस्तै महर्जन परिवारले पनि आगामी २२ भदौमा प्रदर्शनमा आउने यो चलचित्रलाई कुनै पनि प्रकारको बाधा नपुर्याउने सम्झौता भएको छ । यसरी निर्माता पक्ष र महर्जन परिवारबीचको सम्झौतामा यो चलचित्रको नाम रोजी नराखिने तय भएपछि यसको नाम परिवर्तन गरेर्र रोज’ राखिएको हो । यस चलचित्रको नाम अब अँग्रेजीमा च्इक्भ् हुनेछ ।

यो चलचित्रको नाम परिवर्तन गर्नुको कारण बारे निर्देशक निरक पौडेले भने,‘एउटा मृतकको सम्बेदनालाई मध्यनजर राखेर हामीले नाम परिवर्तन गर्ने निर्णय गरेका हौं । कानूनी रुपमा हामी माथि हुँदाहुँदै पनि कसैको सम्बेदनालाई बिक्री गरेर पैसा कमाउनु हुन्न भन्ने हाम्रो मान्यता रहको छ ।’

रोजी हत्या काण्डको बारेमा आफुलाई सुरुमा जानकारी नभएको र महर्जन परिवारले चलचित्रको छायाँकनमा बाधा पार्न थालेपछि सो हत्याण्डबारे आफुले अध्ययन गरेको पनि निर्देशक पौडेलले खुलासा गरे । रोजी हत्याकाण्डको अध्ययनपछि धेरै कुरा फरक पाएकोले आफुहरुलाई नाम परिवर्तन गर्न गाह्रो नभएको पनि उनले प्रस्ट पारे ।

यो चलचित्रलाई महर्जन परिवारले चलचित्र विकाश बोर्डमा उजुुरी दिएर शुरुमै छायाँकनमा अबरोध गरेको थियो । निर्देशक पौडेलले महर्जन परिवारलाई नाममा चित्त नबुझेमा पनि परिवर्तन गरिदिने बताएपछि अबरोध भएको छायाँकन सुचारु भएको थियो ।

गोपिकृष्ण मूभिजको व्यानरमा निर्मित यो चलचित्रमा अभिनेता प्रदीप खड्का, परमिता राज्यलक्ष्मी राणा, मिरुना मगर, कर्मा लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।