हेर्न नमिल्ने सिन छैनः बस्नेत

आर्टिष्ट खबर/भदौ,काठमाडौं

आजबाट प्रदर्शनमा आएको चलचित्र ‘मिस्टर भर्जिन’को कथाबारे दोधारमा रहेका दर्शकलाई चलचित्रका निर्देशक बिशारद बस्नेतले प्रष्ट पारेका छन् । नेपाली समाजमा अझैपनि यौनका बिषयमा खुलेर कुरा नहुने समाज धेरै नै भएकाले कतै सपरिवार चलचित्र हेर्न अप्ठ्यारो पर्छ कि भन्ने पत्रकारहरुको प्रश्नमा निर्देशक बस्नेतले चलचित्रमा त्यस्तो अप्ठ्यारो पर्ने दृश्य नभएको बताएका छन्  । बिहिबार राजधानीमा आयोजीत पत्रकार भेटघाटमा बस्नेतले चलचित्र हेर्न चाहाने दर्शकलाई नामबाट अप्ठ्यारो नमान्न आग्रह गरे । ‘आजबाट प्रदर्शनमा आएका अन्य चलचित्रभन्दा हाम्रो चलचित्रबारे सकारात्मक टिकाटिप्पणी सुकेको छु, साथै शो को कुरा गर्दा सर्वाधिक शो पाएको चलचित्र पनि मिस्टर भर्जिन नै हो’, उनले भने । यस्तै उनले चलचित्रमा तीन वयस्क युवाहरुको यौन चाहाना मेटाउन प्रयास गर्ने बिभिन्न क्रियाकलापलाई देखाइएको बताए । ‘ यौन मनोविज्ञानमा आधारित यो चलचित्रका तीन पात्र हाम्रा समाजको पात्र हो । समाजका कथासँगै हाम्रो युवा अवस्थाको कुरा, हामी भन्दा ठुला र हामी भन्दा सानाका कुराहरूलाई समेटिएको छ । जुन कुरालाई हाम्रो जीवनमा पनि रिलेट गर्छ । मानिसले बिताएको हरेक पलहरू, जब उसको उमेर पुग्छ र उमेरको हिसाबले हरेक कुरामा परिवर्तनमा आउँछ । उसले यौनको बिषयालई कसरी सोच्छ ? आफ्नो यौन चाहनालाई परिपूर्ति गर्नेलाई ती समाजका तीन पात्रले कस्तो प्रकारको अवरोधहरूको सामना गर्नु पर्छ ? चलचित्रले यही कुरालाई बोल्छ ।’, निर्देशक बस्नेतले चलचित्रको कथाबारे बोले ।

वल्र्ड वाइड फिल्मस् डिस्ट्रिब्यूसनको ब्यानरमा निर्माण भएको यो चलचित्रमा गौरव पहारी, विजय बराल, कमलमणि नेपाल, मरिश्का पोख्रेल, भोलाराज सापकोटा, रविन्द्र झा, सिर्जना सुब्बा लगायतका कलाकारको अभिनय रहेको छ । ‘मिस्टर भर्जिन’मा खिलेन्द्र तिमल्सिना, प्रजापति सिवाकोटी, मुकेश रेग्मी र बिशारद बस्नेतको लगानी रहेको छ भने सह निर्मातामा सन्दिप उप्रेती, टिका पुलामी मगर र हेम प्रसाद दवाडी रहेका छन् ।