आजबाट ४ नेपाली ३ बिदेशी फिल्म

आर्टिष्ट खबर/भदौ,काठमाडौं

आज शुक्रबारबाट नेपाली हलहरुमा चलचित्रको भिडन्त नै हुने भएका छन् । आजबाट नेपालीमात्रै चारवटा चलचित्र एकसाथ प्रदर्शनमा आएका छन्, यस्तै बुधबारबाटै तीन बिदेशी चलचित्र प्रदर्शनमा आइसकेका छन् । नेपाली चलचित्र ‘ ब्ल्याक, जय शम्भू, मिस्टर भर्जिन र बाह्रमासे’ प्रदर्शनमा आएका छन् भने बलिउडका दुइृ चलचित्र ‘सत्यमेव जयते’ र ‘गोल्ड’ प्रदर्शनमा आएका छन् । यस्तै हलिउडको एक चलचित्र ‘ग्लोरी’ पनि प्रदर्शनमा आएको छ ।

पछिल्लो समय केहि साता देखी निरन्तर दुई भन्दा बढी नेपाली चलचित्र हलमा लागिरहेका छन् । तीनसाता अघिपनि हलमा चारचलचित्र एक साथ आएकाथिए, त्योसमयमा पनि कुनैपनि चलचित्रले राम्रो ब्यापार गर्न सकेनन्  । यो साता पनि चार नेपाली चलचित्र एकसाथ आउँदा सबैको ब्यापारमा असर पर्ने देखिन्छ । त्यस्तो त बलिउडका दुई चलचित्र दुईदिन अघिनै प्रदर्शनमा आउँदा नेपाली चलचित्रलाई सिधै असर परेको देखिन्छ । योभन्दा अघि बलिउड चलचित्रसँग प्रदर्शनमा आउने धेरै नेपाली चलचित्रहरुले ब्यापारमा घाटा खानु परेको छ ।

चार चलचित्र मध्ये प्रेमकथामा निर्माण भएको ‘ब्ल्याक’मा नायक आकाश श्रेष्ठ र नायिका आँचल शर्माको मुख्य भूमिका रहेको छ । उनीहरुसँगै आयुस रिजाल, आश्मा पाण्डेको पनि मुख्य भूमिका छ । चलचित्र प्रदीप श्रेष्ठले निर्देशन गरेका हुन् । यस्तै प्रेम र एक्शनको कथामा निर्माण भएको ‘जय शम्भु’मा दर्शकले एक्शनको पाटो बढि देख्न पाउने छन् । पछिल्लो समय रुचाइएको खलनायक प्रशान्त ताम्राकार, नायक अनुप बिक्रम शाही र नायिका बर्षा सिवाकोटीको मुख्य भूमिका रहेको यो चलचित्रको ट्रेलर धेरैले रुचाएका छन् । चलचित्र रुपेश तामाङले निर्देशन गरका हुन् । यस्तै यौन मनोबिज्ञानमा आधारीत ‘मिस्टर भर्जिन’मा तीन वयस्क युवाहरुको कथा देखाइएको छ । चलचित्र बिशारद बस्नेतले निर्देशन गरेका हुन् । यस्तै अर्को चलचित्र ‘बाह्रमासे’ पुर्ण कमेडी चलचित्र हो । सिंगल थिएटरमा ठाउँभएपनि यो चलचित्रले मल्टिप्लेक्समा पनि ठाउँ पाएको छैन । लय स्रगौंला निर्देशीत यो चलचित्रमा जयकिशन बस्नेत, पुजना प्रधान लगायतको मुख्य भूमिका रहेको छ ।