‘ब्ल्याक’ रिलिज पछि आँचलको बोली, अब ‘ब्ल्याक २’ आउँछ होला

आर्टिष्ट खबर/ भदौ, काठमाडौं ।

गएको शुक्रबार (भदौ १) बाट चार नेपाली चलचित्र एक साथ प्रदर्शनमा आए । जसमध्ये चलचित्र ‘ब्ल्याक’ पनि प्रदर्शनमा आएको छ । चार नेपाली, दुई बलिउड र एक हलिउड चलचित्र नेपाली बजारमा एकसाथ आउँदा सबैजसो चलचित्रलाई थोरैधेरै असर त गरेकै छ, तर पनि आ–आफ्नै हिसाबले चलचित्रले ब्यापार गरिरहेका छन् ।

प्रदीप श्रेष्ठ निर्देशीत ‘ब्ल्याक’ प्रदर्शन अघि अधिकांश दर्शकले प्रेमकथामा आधारीत चलचित्र भन्ने बुझे । चलचित्रमा प्रेमको कथा पक्कै छ तर त्यो सँगै लागुऔषधको कथा त्यसैगरी एक्शन पनि दर्शकले मज्जैले हेर्न पाउँछन् । यसैबिच शुक्रबार रिलिजसँगै राजधानीको कुमारीहलमा ‘ब्ल्याक’को प्रेस शो राखियो, जहाँ केहि सञ्चारकर्मिका साथमा अन्य चलचित्रकर्मिहरुको उपस्थिती थियो । आर्टिष्ट खबरको टिम कुमारी हलमा पुग्दा चलचित्र हेरिसकेपछि अधिकांशले राम्रो प्रतिक्रिया दिए । बिशेष गरी चलचित्रका दुई मुख्य पात्र नायक आकाश श्रेष्ठ र नायिका आँचल शर्माको कामको तारिफ गरियो । चलचित्रमा आँचलको बोल्ड अवतारलाई धेरैले मन पराएका थिए । हलमा सञ्चारकर्मिहरुसँग बोल्दै आकाशले मेहनत गरेको फलको रुपमा मिठो प्रतिक्रिया पाएको बताए । यस्तै आँचलले पनि अब राम्रो नराम्रो छुट्याउने काम दर्शकलाई भन्दै आफूलाई मनमा डर बढेको बताइन् ।

अब ‘ब्ल्याक २’ आउँछ होलाः आँचल

दर्शक तथा सञ्चारकर्मिहरुसँगै बसेर चलचित्र हेरेका आकाश र आँचललाई केहि सञ्चारकर्मिले चलचित्रको कथाभित्र बसेर प्रश्न गरे । चलचित्रमा आकाशको एक्शन दृश्यलाई धेरैले मन पराए । उनलाई चलचित्रको हरेक ‘फाइट’को समयमा अर्को एकजना साथीको जरुरत पर्छ अर्थात एक्लै सामना गर्न सक्दैनन्, त्यसै अनुरुप आभाषको भूमिकामा रहेका आकाशले सधैं अन्तिममा ‘हनुमान जी’ आएर आँफूलाई बचाउने गरेको बताए । आकाशले किन जित्न सकेनन् भन्ने प्रश्नमा आँचलले भने अब ‘ब्ल्याक २’ बन्यो भने राम बनेर आकाशले लड्ने भन्दै उत्तर दिइन् । ‘अब ब्ल्याक २ आउँला नि त्यसमा राम बनेर आकाशले लड्छ’, आँचलले भनिन् ।

कुनैपनि चलचित्र सफल भएपछि मात्र निर्माण युनिटले सिक्वेलको घोषणा गर्छन् । तर यो चलचित्र प्रदर्शन भएको दुईदिन मात्र भएको छ त्यसैले निर्माण युनिटले यो बिषयमा केहि बोलेको छैन, भोलीको दिनमा घोषणा गर्लान् या नगर्लान् तर आँचलले सञ्चारकर्मिहरुको प्रश्नको सामान गर्नका लागी मात्र  ‘ब्ल्याक २’ बन्ला नि त भन्दै रमाइलो मात्र गरेकी हुन् ।