चार चलचित्रमध्ये ठुला हल पाउनेमा ‘जय शम्भु’

आर्टिष्ट खबर, भदौ, काठमाडौं ।

शुक्रवारबाट प्रर्दशनमा आएको चलचित्र 'जय शम्भु'ले पहिलो शोबाट नै दर्शकको राम्रो साथ पाएको छ । सिंगल थिएटरमा ६० प्रतिशत अकुपेन्सि कायम राखेको चलचित्रले मल्टिप्लेक्समा शुक्रवार ४५ देखी पचासको मात्र अकुपेन्सि कायम गरेको थियो । साचे अनुसार हिन्दी चलचित्रले ब्यापार नगरेपछि राजधानीका सबै हलले चलचित्र जय शमभुलाई ठूलो पर्दा दिईएको छ । काठमाडौंको गोपि, गुण, अष्ट, गंगा, कलंकी, बाराही लगायतका धेरै स्क्रिन भएको हलहरुले जय शम्भुलाई शनिवार बिहान देखी ठूलो पर्दा दिईएको छ । यस्तै काठमाडौं बाहिर पूर्व र तराई क्षेत्रमा गरेर २३ वटा हल थपिएको निर्माता दिनेश शाही तथा बितरक गोपाल काजी कायस्थले दाबी गरेका छन् । मोफसलका बितरक एफडि कम्पनिले अझै हलहरु थपिरहेको बताएका छन् ।

चलचित्रलाई सिंगल थिएटरमा शतप्रतिशत राम्रो प्रतिक्रिया मिलेको छ भने मल्टिप्लेक्समा मिश्रित प्रतिक्रिया मिलेको छ । काठमाडौंमा २१ वटा हलमा लागेको जय शम्भुले शनिावार बाट काठमाडौं बाहिर ६ दर्जन हल पाएको छ । रुपेश तामाङले निर्देशन गरेको चलचित्रमा पछिल्लो समयका दुई एक्शन स्टार प्रशान्त ताम्राकार, अनुप बिक्रम शाही र अभिनेत्री बर्षा शिवाकोटीको अभिनय रहेको छ । प्रशान्त ताम्राकारले खलनायकको भूमिका निभाएका छन् भने अनुप र बर्षा प्रेमीप्रेमीको भूमिकामा देखिएका छन् । चलचित्रको कार्यकारी निर्मातामा रविन्द्र शाक्य निर्माता रहेका छन् भने दिनेश शाही प्रस्तुतकर्ता रहेका छन् ।

गएको शुक्रबारबाट जय शम्भुसँगै, मिस्टर भर्जिन, ब्ल्याक र बाह्रमासे नेपाली चलचित्र प्रदर्शनमा आएका छन् ।