मुम्बई (एजेन्सी) ।

हाल रणवीर सिंह र दीपिका पादुकोणको बिवाहको चर्चाले बलिउड निकै तातेको छ । केही दिन अघि बलिउडमा नाम कमाउन सफल यो जोडि आगामी नोभेम्बर २० तारिखमा इटालीको ‘लेक कोमो’मा बिवाह बन्धन बाँधिने कुरा सार्वजनिक गरिएको थियो । यतिबेला दुवै पक्षको परिवार बिवाहको तयारीमा जुटिसकेका छन् । भारतीय रिपोर्टसका अनुसार इटलीमा बिहे गरेपछि मुम्बईमा फर्केर ग्रान्ड पार्टी दिने यो जोडीको तयारी रहेको छ ।

बताइए अनुसार बिवाहमा नितान्त ब्यक्तिगत पाहुना तथा साथिभाईलाई मात्र आमन्त्रण रहने बताएका छन् । सैञ्चारकर्मीहरुलाई भने प्रवेश नरहेको कुरापनि स्रोतले जानकारी गराएको छ। करिब ३० जनालाई मात्र आमन्त्रण रहेको यो बिवाहमा सहभागी हुने पाहुनाहरुलाई पनि मोबाइल तथा क्यामरा बोक्न नदिइने जनाइएको छ ।

रणवीर दीपिकाले आफ्नै एकाउन्ट अर्थात फेसबुक ईन्सटाग्रामबाट मात्रै फोटो सार्वजनिक गर्ने बताएका छन् । रणवीर र दीपिकाले बिहेको तस्बिर अरु आफन्तले सामाजिक सञ्जालमा हाल्न नपाउन भनेर यो उपाय अपनाउनु परेको भारतीय रिपोर्टसको भनाई छ । बिहेमा उपस्थित पाहुनालाई यसरी मोबाइल समेत बोक्न नदिने उनीहरुको रणनीति सफल होला नहोला भन्ने चाहिँ बिहेपछिमात्र जानकारी हुनेछ ।

४ भाद्र २०७५, सोमबार ०६:२४