मुलुकको आठ शहरमा ‘रोज’ को प्रचार

आर्टिष्ट खबर, भदौ, काठमाडौं ।

नीरक पौडेल निर्देशित चलचित्र ‘रोज’ले देश दौडाहा घोषणा गरेको छ ।  निर्माण टिमका अनुसार देशको आठ सहरहरुमा चलचित्रको प्रचारप्रसार गरिने छ । भदौ १४ गते पोखराबाट सुरु हुने रोजको प्रमोसन यात्रा बुटवल हुदैँ, १६ भदौ नारायणगढ, १७ भदौ इटहरी र धरान, १८ भदौ दमक र बिर्तामोड र २० भदौमा राजधानी काठमाडौंमा कन्सर्ट र प्रेसमिट हुनेछ । मोफसलमा कन्सर्ट टुर थालनी गर्ने अभिनेता प्रदीप खड्का र नेपाल आइडल प्रताप दास क्रेजलाई टुरले आत्मसात गर्ने अपेक्षा गरिएको छ ।

भाद्र २२ गतेबाट प्रदर्शनमा आउन लागेको यो चलचित्रमा परमिता आरएल राणा, मिरुना मगर, कर्मा शाक्यलागयतका कलाकारहरुको अभिनय रहेको छ । ‘रोजी’बाट ‘रोज’ नामाकरण गरिएको उक्त चलचित्र निर्माणमा गोपिकृष्ण मूभिज र आरोही इन्टरटेनमेन्टले साझेदार गरेका छन् ।