आयुष्मानको ‘गोजीमा दाम छैन’ कसरी घुमाउलान् प्रियंकालाई ? हेर्नुहोस (भिडियो)

आर्टिष्ट खबर, भदौ, काठमाडौं ।

चलचित्र ‘चङ्गा चेट’को ‘गोजीमा दाम छैन’ बोलको अफिसियल गीत सार्वजनिक  भएको छ  । अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री प्रियंका कार्की अभिनित चलचित्रको उक्त गीत सोमवार राजधानीको एक कार्यक्रमका बीच सार्वजनिक गरिएको हो । राजनराजको संगीत रहेको गीतको शब्द हरिहर तिमल्सिनाले लेखेका हुन् । गीत राजनराज सिवाकोटी, मेलिना राई र ग्रिष्मा सिवाकोटी गाएका छन् ।

प्रविन सिंहको कोरियोग्राफी रहेको गीतको भिडियोमा अभिनेता रविन्द्र झासँग अभिनेत्री सुरक्षा पन्तको जोडी देख्न सकिन्छ भने कलाकार सन्दिप क्षेत्री र अभिनेत्री परमिता आरएल राणा जोडी छन् । त्यसतै  रियल एवम रिल जोडी आयुष्मान र प्रियंका लाई देख्न सकिन्छ ।  गीतले चलचित्रको कथा प्रस्ट्याइएको छ । जो सँग पैसा छैन उसको  कुनै काम छैन भन्ने  कुरा गीतले बोल्छ ।

दीपेन्द्र के. खनालले निर्देशन गरेको चलचित्र माधव वाग्ले र शर्मिला पाण्डे निर्माण गरेका हुन्। जर्बजस्ती हँसाउनका लागि अनावश्यक कुनै पनि संवाद र दृश्य नराखिएको र  ‘चङ्गा चेट’ अरु बनिरहेका कमेडी चलचित्र भन्दा फरक रहेको निर्देशकको भनाई छ ।

(भिडियो)