केकी थिइन् ‘नाई नभन्नू ल’ को पहिलो रोजाई

आर्टिष्ट खबर, भदौ, काठमाडौं ।

अभिनेत्री केकी अधिकारी चलचित्र ‘नाईं नभन्नू ल’ ५ को  कलाकारको रुपमा फाइनल हुने अन्तिम कलाकार थिइन् । फ्लोरमा जाने समयसम्म पनि निर्देशक विकास आचार्यले केकीले अहिले गरेको भूमिका गर्ने कलाकार भेटेका थिएनन् । उनको दिमागमा केकी थिइन् तर उनले निर्माण गरेको  चलचित्र  ‘कोहलपुर एक्सप्रेस’ रिलिजको संघारमा थियो । यस्तो समयमा केकीलाई अभिनयका लागि आग्रह गर्न आचार्यको मुख लागेन । तर त्यही टिमकै एक सदस्यले एक पटक कुरा गरिहेर्नुन भनेपछि आचार्यले केकीलाई आग्रह गरेका थिए । जुन आग्रह केकीले सजिलै स्विकारिन् ।

तर आचार्यले केकीलाई ‘नाईं नभन्नू ल’ सिरिजमा अभिनय गर्न प्रस्ताव लिएर गएको पहिलो पटक पटक थिएन । आचार्यले पहिलो शृंखलामै हिरोइनका लागि केकीलाई आग्रह गरेका थिए । तर केकीले ‘स्वर’बाट डेब्यु गर्ने निर्णय गरिसकेकी थिइन् । उनले पहिलो नाईं नभन्नू ल यसरी मिस गरेकी थिइन् । पछि आचार्यले केकीलाई तेस्रो शृंखलामा पनि अफर गरेका थिए तर केकी सोही समयमा अर्को चलचित्रमा व्यस्त भएका कारण यो चलचित्र पनि गर्न पाइनन् । तर, फेरि जब ५ बाट पनि अफर आयो, न उनले यो अवसर गुमाउन चाहिनन् ।

‘विकासजी ले पहिलो फिल्मदेखि नै मलाई सम्झने गर्नु भएको थियो । विविध कारणले गर्न पाएको थिइँन । तर फेरि ५ मा काम गर्ने अवसर आयो, मैले एक सेकेन्ड मै हुन्छ भनेकी हुँ । मलाई आफ्नै चलचित्र तयार गर्ने प्रेसर थियो त्यसका बावजुद पनि यो पाली चैं नछाडने निर्णय गरे,’ केकीले भनिन् ।

नेपालकै सबैभन्दा चर्चित फ्रेन्चाइजमा काम गर्न पाउँदा केकी खुशी लागेको बताउँछिन् । ‘हाम्रो लागि नाईं नभन्नू ल सिनेमा नभई एउटा परिवार हो । यस्तो चर्चित परिवारको अंग बन्न पाउँदा निश्चय नै एक्साइटेड थिएँ । त्यो एक्साइटमेन्ट रिलिज नजिक आउँदा झनै बढेको छ ,’ केकीको भनाई छ । चलचित्र गर्ने निर्णय गर्न केकीलाई निर्देशक आचार्यको इगोरहित बानीले पनि प्रेरित गरेको उनी बताउँछिन् । उनको अनुभवमा एक चोटि काम गर्न नमानेको कलाकारसँग निर्माता निर्देशकले इगो लिएर दोस्रो पटकदेखि कुरै गर्दैनन् । ‘तर विकासजी ले कहिलै मेरो इन्कारलाई त्यसरी लिनु भएन । यही कारण हो, पाँचमा हामीले सँगै काम गर्यौं,’ केकीले थपिन् ।

चलचित्रमा केकीका अलावा निरुता सिंह, दिलिप रायमाझी, प्रियंका कार्की, स्वस्तिमा खड्का आदि कलाकारको अभिनय रहेको छ । उक्त चलचित्र देशभरका सयभन्दा बढी पर्दाबाट प्रर्दशन हुनेछ । चलचित्रको  प्रदर्शन मिति भदौ ८ लाई तोकएको छ ।