आर्टिष्ट खबर, भदौ, काठमाडौं ।

सुनोद श्रेष्ठले गायक सुनील वर्देवाको सम्झनामा म्युजिक भिडियो लिएर दर्शकमाझ आएका छन् । वर्देवाद्वारा कम्पोज गरिएको 'चुलेसीमा' बोलको गीत संजिव सिंहले गाएका हुन्। गीतमा प्रकट पंगेनीको शब्द रहेको छ। सुनोद श्रेष्ठले निर्देशन गरेको भिडियोमा उनी आफैँ र मोडल एन्जिमुल्मि श्रेष्ठको अभिनय रहेको छ। ुरिमेकु गरिएको भिडियो अष्ट्रेलियाको मेल्बर्नमा छायांकन गरिएको हो। उक्त भिडियो भीमगोपाल इन्टरटेन्टमेन्टले उत्पादन गरेको हो। गीत सार्वजनिक भएको १८ वर्षपछि भिडियो रिमेक गरिएको हो। भिडियो बनाउनुको उद्देश्य आदरणीय सुनील दाईको सम्झना हो सुनोदले भने। श्रेष्ठ एस इभेन्टस एण्ड मल्टिमिडिया कम्पनी मार्फत नेपाली गीतसंगीत तथा प्रवर्द्धनमा सक्रिय छन् । यसअघि उनले बिर्सन सक्दिनँ, सात समुन्द्र पारीलगायत आधा दर्जन गीतको भिडियो रिमेक गरेका गरिसकेका छन् ।

(भिडियो)

५ भाद्र २०७५, मंगलवार ०५:४४