पोस्टर मा ‘जय श्री दाम’

आर्टिष्ट खबर, भदौ, काठमाडौं ।

मङ्की टेम्पल प्रोडक्सन, क्रेजी ह्याण्डस् प्रोडक्सन र नेशनल मिडिया प्रोडक्सनको संयुक्त ब्यानरमा बनेको चलचित्र  ‘जय श्री दाम’  को अफिसियल फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । उक्त सार्वजनिक पोस्टरमा  मुख्य अभिनेता त्रय अमृत ढुङ्गाना,  विनोद न्यौपाने र राजन खतिवडा फिचर छन् । तर  मुख्य भुमिकामा रहेकी अभिनेत्री जेबिका कार्कीलाई भने पोस्टरमा स्थान दिइएको छैन ।

पोस्टरमा राजन खतिवडा पण्डितको भेषमा प्रस्तुत हुँदा अमृत र बिनोदले गमलालाई नमस्ते गरेको अवस्थामा देखिन्छन् । पोस्टरको ब्याकग्राउण्डमा नेपाली रुपैयाँको कटिङ जोडिएको छ । नामले नै कमेडी बोल्ने चलचित्रको पोस्टरमा पात्रहरुलाई पनि सोहि प्रकारले फिचर गरिएको छ ।

चलचित्र बिप्लोप उप्रेतीले निर्देशन गरेका हुन् । उप्रेतीको यो ठुलोपर्दाको डेब्यू निर्देशकिय चलचित्र हो । चलचित्रको कार्यकारी निर्मातामा पृथ्वी उप्रेती र मनोज उप्रेती छन् भने सह-निर्मातामा मित्र डि. गुरुङ र रविन आचार्य छन् ।

निर्देशक उप्रेतीसँगै अमरद्विप सापकोटाको पटकथा रहेको  ‘जय श्री दाम’ मा मित्र डि. गुरुङको सम्पादन रहेको छ भने रविन आचार्य डि.ओपी रहँदा क्यामेरामेनमा नवराज उप्रेती छन् । यो चलचित्रमा संगीत सुशआन्त गौतमको छ । अमृत ढुङ्गाना, राजन खतिवडा, जेबिका कार्की, विनोद न्यौपानेसँगै प्रमोद अग्रहरी र विष्णु सापकोटा पनि चलचित्रमा मुख्य भूमिकामा छन् । चलचित्रको प्रर्दशन मिति पौष २० गतेलाई तोकिएको छ ।