सन्नि लियोनी नेपाली चलचित्रमा देखिदै, सन्निसँग अनुपबिक्रम रोमान्स गर्ने

आर्टिष्ट खबर/ भदौ, काठमाडौं ।

बलिउडकी हट अभिनेत्री सन्नि लियोनीले अब नेपाली चलचित्र ‘पासवर्ड’मा अभिनय गर्ने भएकी छिन् । एबि इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने यस चलचित्रमा अभिनेत्री सन्नि लियोनी सँग भिलेन टर्न हिरो अभिनेता अनुपबिक्रम शाहीले रोमान्स गर्ने भएका छन्। उक्त चलचित्रको लागि सन्नी लियोनीले ५० लाख भारु पारिश्रिमिक लिएकी छिन् । सम्राट बस्नेतले निर्देशन गरेको चलचित्र  ‘पासवर्ड’को सम्पुर्ण छायाँकन बेलायतको लण्डन छेउछाउमा हुने चलचित्र निर्माण युनिटको भनाई छ।

उक्त चलचित्र छायांकनको लागि हट सन्नी लण्डन आउँदैछिन् । यहि अगस्ट २६ बाट फ्लोरमा जाने चलचित्रको लागी अनुप भने शुक्रबार मात्रै लण्डन प्रस्थान गर्नेछन् । प्राविधिक तथा छायाँकार सहितको टोली यसअघि नै नेपालबाट बेलायत पुगिसकेको छ । बिक्रम जोशीले निर्माण गर्न लागेको चलचित्रमा अनुप र सन्निसँगै मुख्य अभिनयमा बिक्रम पनि रहनेछन् ।अमित बस्नेत र हिरल जोशीको समेत लगानी रहने यस चलचित्र सस्पेन्स थ्रिलर तथा एक्सन लभस्टोरी जनरामा निर्माण हुने भएको छ । यस चलचित्रमा रामजी लामिछानेको कोरियोग्राफी रहनेछ ।

चलचित्र लण्डनसँगै बर्नमाउथ र ससेक्स लगायतका ठाउँमा खिचिने बताइएको छ । चलचित्र सौरभ लामाले खिच्नेछन् । २०१९ को सुरुवातीमा प्रर्दशन मिति तोकिएको चलचित्रमा सन्निले एक आइटम दृश्य दिदै केहि भाग अभिनयमा पनि दिनेछिन् । चलचित्रको लिड रोलमा छुल्ठिम गुरुङ, बुद्धि तामाङ, बिक्रान्त बस्नेत, रविन्द्र झा, लिशा सुनार, परि राना रहने छन् ।