आर्टिष्ट खबर, भदौ, काठमाडौं ।

बरिष्ठ लघुकथाकार नारायण तिवारीलाई पद्माररामचन्द्र लघुकथा सम्मानबाट सम्मान गरिएको छ । लघुकथा समाज, नेपालले स्थापनाको दशौं वर्षका अवसरमा मंगलबार आयोजना गरेको एक कार्यक्रममा तिवारीलाई उक्त सम्मान प्रदान गरिएको हो ।

कार्यक्रममा प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कूलपति गंगाप्रसाद उप्रेतीले तिवारीलाई सम्मान पत्र प्रदान गरे ।उनले कथाकार तिवारीको विषयमा बोल्दै उनले लघुकथाका क्षेत्रमा पुर्याएको योगदानको चर्चा गरे । समाजका अध्यक्ष श्रीओम रोदनको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा सह आयोजक सर्वनामका अशेष मल्ल, सम्मानित स्रष्टा तिवारी, ध्रुव मधिकर्मी तथा तुलसीहरि कोइरालाले बोलेका थिए । कार्यक्रमा नेपाली लघुकथाको छैठौं अंकको विमोचन पनि गरियो ।लघुकथा समाज, नेपालले स्थापनाको दिन भदौ ५ गतेलाई लघुकथा दिवशका रुपमा मनाउँदै आएको छ ।