प्रियंकाको इन्गेजमेन्टमा रणवीर आए , दीपिका किन आईनन् ?

मुम्बई (एजेन्सी) ।

बलिउड अभिनेत्री प्रियंका चोपडा हाल अमेरिकन गायक निक जोनाससँगको इन्गेजमेन्टले चर्चामा छिन् । शनिबार मुम्बईमा प्रियंका र निकले आफ्नो परिवारका साथ ‘रोका’ गरे । ‘रोका’ को समय दिनभरि पूजापाठ भइरह्यो। अबेर रातसम्म पनि पाहुना आउने जाने सिलसिला जारी थियो ।

रातभर प्रियंकालाई बधाई दिन अभिनेत्री आलिया भट्ट, परिनीति, निर्देशक सञ्जयलीला भन्साली, विशाल भारद्वाज लगायत अन्य सेलिबे्रटि पनि उपस्थित थिए । तर प्रियंकाको गेस्ट लिस्टमा अभिनेत्री दीपिका पादुकोणको नाम भने थिएन । रणवीर सिंह आए दीपिका पनि आउने आकलन धेरैले गरेका थिए तर उनको नाम प्रियंकाको गेस्ट लिस्टमा परेन ।

सन् २०१४ मा करण जोहरको चौथो सिजनको च्याट सो कफी विथ करणमा यी दुवै नायिकासँगै उपस्थित थिए । सबैलाई लागेको थियो यी दुई निकै राम्रा साथी हुन् । त्यसपछि यी दुई सुन्दरीलाई २०१५ को फिल्म बाजिराव मस्तानीमा पनि सँगै देखिएको थियो ।

भारतको एक सञ्चारमाध्यमका अनुसार दीपिकाले प्रियंकालाई जहिले पनि सपोर्ट गर्दै आएकी छन् । प्रियंकाले आफ्नो इन्गेजमेन्टमा बोलाएकी भए दीपिका अवश्य आउने थिइन् र बधाई दिने थिइन् । प्रियंकाको निकसँग इन्गेजमेन्ट भए पनि बिवाहको डेट भने तोकिएको छैन ।