आर्टिष्ट खबर/ भदौ, काठमाडौं ।

नयाँ चलचित्र ‘ब्ल्याक इयर’को बिहिबार घोषणासँगै शुभ मुर्हुत गरिएको छ । लक्षु गौतमको निर्देशनमा बन्ने यो चलचित्रमा सबै नयाँ कलाकार छन् । बिहिबार राजधानीको मैतिदेवी मन्दिरमा घोषणसँगै गरिएको मुर्हुतमा कलाकार तथा निर्माण टिम चिनाइयो । नेपालमा ०७२ सालमा आएको भुकम्पको कथा चलचित्रमा समावेश गरिनेछ ।

चलचित्रमा नवनायक ओकेस पनेरु र नवनायिका अनुपा खड्काको मुख्य भूमिका रहनेछ । चलचित्रमा खलनायकको भूमिकामा पवन भट्टराई देखिनेछन् भने देव सागर, रश्मी शाही, सुरेन्द्र बुढाथोकी, अशोक पहारी लगायतको अभिनय रहनेछ । दुईबर्ष अघि ‘त म र उ’ चलचित्र निर्देशन गरेकी लक्षुको यो दोस्रो चलचित्र हो । उनले थुप्रै म्युजीक भिडियो निर्देशन गरेकी छिन् ।

‘पहिलो चलचित्रपछि यहि चलचित्रका लागी केहि ग्यापमा बसेँ, लामोसमयको वर्कसप पछि फ्लोरमा निस्किने निधो गरेका हौं’, निर्देशक गौतम भन्छिन् ‘हामीले चलचित्रमा नेपालमा आएको भूकम्पको बिषयलाई उठान गरका छौं । ०७२ सालमा आएको भूकम्पको बर्षलाई कालो बर्ष मानिएकाले चलचित्रको नाम ब्ल्याक इयर राखिएको हो’ । यहि भदौको १० गतेबाट फ्लोरमा जाने यो चलचित्रमा रामेश्वर हुमागाईंको छायांकन रहनेछ । चलचित्रमा २ गीत रहनेछन् ।