‘रामकहानी’ मा जीतु भिलेन ,होचा जितु भिलेन बन्दा कस्तो देखिएलान् ?

आर्टिष्ट खबर/ भदौ, काठमाडौं ।

२२ भदौबाट प्रदर्शनमा आउने चलचित्र  ‘रामकहानी’ हाँस्यकलाकार जीतु नेपाल भिलेनको भूमिकामा देखिने भएका छन् । उनी  ‘रामकहानी’ मा आफू पहिलोपटक भिलेनको अभिनयमा उत्रिएका हुन ।  ‘रामकहानी’मा आफु भिलेनको भूमिकामा रहेको कुरा जीतुले एक टेलिभिजन कार्यक्रम खुलाएका हुन् । होचा जितु भिलेन बन्दा कस्तो देखिएलान भन्ने दर्शकको खुल्दुलिको बिषय बनेको छ । चलचित्रको प्रदर्शन मिति नजिकिदै गर्दा विभिन्न तरिकाबाट चलचित्रको सस्पेन्सहरु खुल्दै गइरहेको छन् भने निर्माण टिमले अन्य पात्रको भूमिकालाई सस्पेन्सनै राखेको छ ।

सुदर्शन थापाको लेखन निर्देशन रहेको  ‘रामकहानी’ को ट्रेलरमा हरर दृश्य देखिएको छ । कमेडी र रोमान्टिक फ्लेवरमा निर्माण भएको चलचित्रमा बनिश शाह र मिलन श्रेष्ठको सम्पादन छ ।अभिनेत्री पूजा शर्मा र अभिनेता आकाश श्रेष्ठ मुख्य भुूमिकामा रहेको चलचित्र अन्य हाँस्यकलाकारले भरिएको छ । चलचित्रमा हाँस्यकलाकार जीतुको अलवा  केदार घिमिरे, विल्सन विक्रम राई, रविन्द्र झा, राजाराम पौडेल लगायतको समेत अभिनय रहेको छ ।