सयभन्दा बढी हलमा ‘नाईं नभन्नु ल ५’

आर्टिष्ट खबर/ भदौ, काठमाडौं ।

नेपालमा सर्वाधिक सिरिज बनेको चलचित्र ‘नाईं नभन्नु ल’को पाँचौं सिरिज ‘नाईं नभन्नु ल ५’ आज (शुक्रबार)बाट प्रदर्शनमा आएको छ । केहि महिना कुनैपनि नेपाली चलचित्रले दर्शकको मन जित्न सकेका छैनन्, आजबाट प्रदर्शन भएसँगै यो चलचित्रले दर्शकको मन जित्ने केहि आशा धेरैले राखेका छन् , किनकी यो चलचित्रको दोस्रो सिरिजसम्म दर्शकले धेरे मन पराएको चलचित्र हो । तेस्रो र चौथोले मध्यम ब्यापार गरेपनि पाँचौंलाई दर्शकले मन पराउनेमा निर्देशक विकास आचार्य आशावादी छन् । उनले अहिलेसम्मकै मेहनत यस सिरिजमा गरेको बताउँदै आएका छन्

निर्माण टिमका अनुसार आजबाट चलचत्रि राजधानी र मोफसल गरी सयबढी चलचित्रहलहरुमा एकसाथ लाग्दैछ । चलचित्रले मल्टिप्लेक्समा मात्र ४० शो पाएको छ । यस चलचित्रसँग अन्य नेपाली ठुला चलचित्र नभएकाले पनि चलचित्रले राम्रो शो पाएको देखिन्छ । यो चलचित्रसँग अर्को नेपाली चलचित्र ‘रेनी’ र बलिउड चलचित्र ‘ह्याप्पी फिर भाग जायगी’ प्रदर्शनमा आएका छन् । अनुभव रेग्मी र सेड्रिना शर्माको बालप्रेम कथामा आधारित यस पारिवारिक प्रेमकथामा आधारीत छ ।

चलचित्रमा अनुभव र सेड्रिनाको साथमा अभिषेक नेपाल, स्वस्तिमा खड्का, प्रियंका कार्की, केकी अधिकरी, दिलिप रायामाझी, निरुता सिंह लगायतका कलाकारहरुको मुख्य भुमिका छ । चलचित्र हरिबोल भण्डारी र गौरी राज जोशीले निर्माण गरेका हुन् । कार्यकारी निर्माताको रुपमा दिनेश पोखरेल, पुरुषोत्तम प्रधान र बिष्णुमणी दहाल रहेका छन् ।