ब्यंग्यकार राजाराजेन्द्रले देशको बर्तमान परिस्थितीलाई सम्झिदै गाए यस्तो गित (भिडियो सहित)

...

comedian raja rajendra pokhrel
असोज, काठमाडौं ।

‘बनेको छ पहराले यो छाती मेरो
बगेको छ छहरा रगतमा मेरो
पखेरुमा जन्मी टाकुरामा खेल्ने
म झुक्दै नझुक्ने नेपालको छोरो…’

माथि उल्लेखीत शब्द पढ्नासाथ हामी सहजै सम्झन सक्छौं गोपाल योञ्जनको गितमा समावेश शब्द हुन् भनेर । पछिल्लो समय नेपालको स्थितीलाई सम्झिंदा नेपालीहरुमा राष्ट्रियता झल्किएको पाईन्छ । सामाजिक सञ्जाल भरी नेपालको राष्ट्रिय झण्डा प्रयोग गरेर बिभिन्न लेख तथा गित, भिडियोहरु पनि देखिन्छन् । यसैबिच हाँस्य व्यंग्यकार राजाराजेन्द्रले राष्ट्रियता झल्किएको एक गित गाएका छन् जुन तपाई हामीले धेरै सुनेको गित पनि हो ।

नेपाली हाँस्य ब्यंग्यको क्षेत्रमा ठुलो फड्को मारिसकेका व्यंग्यकार राजा राजेन्द्रले बिभिन्न राजिनितिज्ञ तथा नेपालको परिस्थितीलाई नै व्यंग्य गर्दे आएको देखिन्थ्यो भने अहिले उनै कलाकारले गोपाल योञ्जनको ‘बनेको छ छहराले’ बोलको गीतलाई आफैले गाएका छन् । दुईदिन अघिमात्र रेडियो अडियोको प्रोडक्सन कक्षमा गाएको गितलाई युट्युवमा अपलोड गरेपछि उनको त्यो गितलाई मनपराउनेहरु बढ्दै गएको पाईन्छ ।

भिडियो